यसपालिको दशैंमा पोखराले पढ्नेछ १० ‘बेस्टसेलर’

पाेखरा | असोज १०, २०७९

यसपालिको दशैंमा पोखराले पढ्नेछ १० ‘बेस्टसेलर’

पोखराः नेपालीको महान् पर्व दशैं, तिहार संघारमा छ । चाडपर्वमा टीका लगाउनु, खानपिन र घुमघाम गर्नु नियमित क्यालेन्डर भइहाल्यो । 

 

तर पछिल्लो समय क्यालेन्डरमा अर्काे तालिका पनि थपिएको छ, रुचाइएको साहित्य पढ्नु । दिनहुँजसो बढिरहेको पढ्ने बानीले चाडवाडमा ह्वात्तै बढ्ने गर्छ ‘पठन संस्कृति ।’

 

यही मेसोमा पोखरेलीले यसपालिको दशैंमा के पढ्लान् ? भन्ने जिज्ञासा केलाउँदै न्यूरोडस्थित हिमालयन रिडर्स कर्नर पुग्दा बिक्रीको उच्चसूचीमा १० पुस्तक भेटिए । 

 

जसमध्ये पहिलो नम्बरमा छ, सुबिन भट्टराईको ‘इजोरिया ।’ रिडर्सका सञ्चालक विजय भण्डारी  भन्छन, ‘इजोरिया दिनको दुई सय प्रतिसम्म बिक्री गरेका छौं, यसको माग बजारमा अत्यधिक छ ।’ 

 

यसैक्रममा ‘इजोरिया’ लाई पाठकहरुले किन रुचाइरहेका छन् ? भन्ने प्रश्नमा भण्डारी  भन्छन्, ‘सुबिन भट्टराईको अघिल्ला कृतिहरु पनि बजारमा उत्तिकै रुचाइएको छ । साथै इजोरिया प्रेम, जीवन र दर्शनमा आधारित छ । प्रेम भन्नासाथ युवा पुस्ताको रुचिको विषयवस्तु हो, जसकारण पनि यो अत्यधिकरुपमा रुचाइएको छ ।’ 

 

अब लागौँ दोस्रो पुस्तकतर्फ । दोस्रो पुस्तकमा पर्दछ रामलाल जोशीको ‘बाआमा ।’ भण्डारी  भन्छन्, ‘यस पुस्तक मानव जीवनको एउटा उमेर पार गरेपछि उमेरका छेउमा उभिएका जेष्ठ नागरिकको कथा हो ।’

 

यसै कारण पनि यस पुस्तकले बजारमा राम्रो ठाउँ ओगटेको छ’ भण्डारीले भने, ‘बाआमा’ जोशीको ‘ऐना’ पछिको दोस्रो कथा संग्रह हो । यस कथामा उमेरको निश्चित चरणमा पुगेपछि, किनारकृत भएका जेष्ठ नागरिकको कथा समावेश छ ।’ 

 

तेस्रो पुस्तकमा रहेको छ, सूर्यबहादुर थापाको ‘मेरा नौ दशक ।’ सूर्यबहादुर  थापा राजनीतिकरुपमा परिचित हस्ती हुन् । ‘पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री भएका थापाको पाँच दशक लामो अविच्छिन्न राजनीतिक जीवन यात्रा समावेश गरिएको पुस्तक होे ‘मेरा नौ दशक’, भण्डारीले भने ।

 

चौथो पुस्तकमा पर्दछ, रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश ।’ मिश्रले आफ्नो ३० वर्ष पछिको नेपाललाई मनन गरेर लेखिएको पुस्तक हो । भण्डारीले भने, ‘ यस पुस्तकमा संवैधानिक राजसंस्था, सङ्घीयता खारेजी, हिन्दू–बौद्ध र कल्याणकारी लोकतन्त्र जस्ता विषयवस्तु समावेश गरिएको छ । 

 

पाँचौ पुस्तकमा रहेको छ, खगेन्द्र लामिछानेको ‘फुर्के ।’ फुर्के एक कुकुरको आत्मा कथा हो ।

 

संसार सबै प्राणीहरुको साझा घर भएको बताउँदै भण्डारीले ‘फुर्के’ कुकुरको मानवसँगको सम्बन्ध र उसले हेर्ने दृष्टिकोण र उसको जीवनको भोगाइहरुलाई उसैको भाषामा समावेश गरिएको पुस्तक भएको उल्लेख गरे । 

 

यसै गरी अन्य पाँच पुस्तकमा पर्दछन, खगेन्द्र लामिछानेकै ‘फूलानी’ जहाँ लामिछानेले आफ्नो भोगाइ र पेरिफेरिका सातवटा कथा समावेश गरेका छन् । 

 

कुमार नगरकोटीको ‘मिस्टिका’मा विभिन्नखाले फ्यान्टासी राखिएका छन् । 

 

डा.नवराज लम्सालका ‘अग्नि’मा सिमान्तकृत वर्ग–समुदायका पीडा र भोगाइलाई समेटिएको छ । त्यस्तै, अर्काे उत्कृष्ट रचना बसन्त बस्नेतको ‘महाभारा’ हो । यसमा युद्धको क्रुर समयका माया प्रेमलाई दर्शाइएको छ । 

 

अर्का परिचित लेखक यज्ञशको  ‘परदेशको पसिना’लाई समेत पाठकहरुले रुचाएका छन् । वैदेशिक रोजगारीका अवस्था, समस्या, उत्थान र नीतिजस्ता विषयलाई यहाँ समावेश गरिएको छ । भण्डारीकाअनुसार उल्लेखित पुस्तकहरु ‘बेस्टसेलर’ हुन् । 

 

भण्डारीले हाल ‘दशैँ विशेष पाँचौ रिडर्स अपरच्युनिटि मेला’ सञ्चालन गरेको जानकारी दिए । मेला असोज १ गतेबाट सुरु भएको जनाउँदै असोज १७ गतेसम्म जारी रहने उनको भनाई छ । 

 

‘यस मेलाको अवसरमा जति धेरै पुस्तक किन्नुहुनेछ, त्यति नै छूट  पाउनुहुनेछ ।’ 

 

 

भण्डारीकाअनुसार २ हजार रुपैयाँसम्मको पुस्तक खरिदमा १० प्रतिशत छूट, ३ हजार ५सयसम्मको खरिदमा १५ प्रतिशत, ५ हजारसम्मको खरिदमा २० प्रतिशत र यस भन्दा माथि खरिद गरिएमा २५ प्रतिशत सम्मको छूटको व्यवस्था छ । 

 

साथै, पुस्तक खरिद तथा अध्यनको लागि बिहान ७ देखि बेलुका ९ बजेसम्म रिडर्स कर्नर खुल्ला रहने भण्डारीले बताए ।


 

कैलालीः   कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन् । कैलालीको लम्की(चुहा नगरपालिका३ का ३० वर्षीय लोकेन्द्र शाही गत सोमबार दिउँसो कर्णाली पुलबा...

थप पढ्नुहोस्

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ घान्द्रुकमा चैत्र अन्तिम साता घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।    घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा आगामी चैत्र २७ देखि ३० गतेसम्म मह...

थप पढ्नुहोस्

काठमाडौं:    राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छिन् । बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा बुबुझाएकी  हुन् ।  उनले संविधानको धारा ९२ को उपध...

थप पढ्नुहोस्