सूर्यदर्शनका बचतकर्तालाई पैसा निकाल्नै सकस, ‘समस्याग्रस्त’ सूचीमा राख्ने तयारी

पाेखरा | असोज ९, २०७९

सूर्यदर्शनका बचतकर्तालाई पैसा निकाल्नै सकस, ‘समस्याग्रस्त’ सूचीमा राख्ने तयारी

पोखरा: पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बचतकर्तालाई खाताबाटै पैसा निकाल्न सकस परेको छ । 

 

सहकारीले २ हप्ताअघि मिटिङ् बसेर जति नै बचत भएपनि हाल ५० हजार रुपैयाँमात्र झिक्न दिने निर्णय गरेको हो । त्यसबेला कुनैपनि खातावालको चेकबाट पहिलो आउनेलाई ५० हजार रुपैयाँ दिने गरिएको थियो । 

 

तर सहकारीको उक्त निर्णय पनि हप्ता दिनभन्दा बढी टिक्न सकेन । हाल सहकारीले १० हजार रुपैयाँभन्दा बढी झिक्न नपाउने सूचना निकालेको छ भने कारोबारको समयसमेत घटाएर दिनको २ बजे बनाएको छ । 

 

सहकारीले संस्थाको आन्तरिक आर्थिक रणनीति व्यवस्थापनको लागि सेयरधनीको खाताबाट दिनमा १० हजार मात्र निकाल्न दिएको बताएको छ । 

 

त्यस्तै, आइतबार देखि बिहिबारसम्म १० देखि २ बजे र शुुक्रबार १० देखि १२ बजेसम्म कार्यालय खुल्ला रहने सुचना निकालेको छ । 

 

यस विषयमा सहकारीका व्यवस्थापक थानबहादुर बुढामगरले हाल तरलताकाकारण बचतकर्ताको आवश्यकताअनुसार भुक्तानी दिन नसकेको स्वीकार गरेका छन् । 

 

‘लिक्विडिटीको मारमा परेर भुक्तानी दिन नसकेका हौं’ व्यवस्थापक बुढामगर भन्छन् ‘तिहारयता सहकारीले १० हजार बढी दिन सक्दैन ।’ उनले सूर्यदर्शनमात्रै नभएर प्रायः सहकारीको अवस्था उस्तै रहेको जनाए । 
 

 

राष्ट्रबैंकले दैनिक ८ लाख रुपैयाँको हाराहारीमामात्रै पैसा दिने गरेकाले पनि भुक्तानीमा असहज भएको सहकारीको भनाई छ । 

 

व्यवस्थापक बुढामगर भन्छन्, ‘तिहारपछि अवस्था सहज हुन्छ, हामीले चाहेको भुक्तानी दिन्छौं तर रकम डुब्ला भनेर चिन्ता लिन पर्दैन ।’

 

सहकारीका एक संरक्षक हेमन्त अधिकारीका अनुसार देशमा आर्थिक मौज्दात कम छ । बित्तीय संस्थाहरुमा पैसा सटही (रोटेसन) भएको छैन । त्यसैले सेयर धनीले माग गरेजति पैसा दिन समस्या भएको छ । 

 

चाडवाड नजिकिएकाले पैसा निकाल्ने बढी भएकाले आन्तरिक आर्थिक रणनीति व्यवस्थापन गर्न एक खाताबाट १० हजार मात्र दिने गरेको उनले बताए । अधिकारीले थपे ‘अरु कुनै कारणले होइन ।’ 

 

उनका अनुसार देशको केही शहरमा सहकारीहरुले चाबी लगाएर शेयर सदस्यलाई बिचल्ली पारेका छन् । ‘त्यसैले पनि केही सेयर धनीहरुले हामी प्रति नकारात्मक साेंच राखेका हुुन सक्छन्’ उनले भने ‘हामी शेयरधनीलाई बिचल्लीमा पार्दैनौ ।’ 

 

आर्थिक मौज्दात बलियोे हुँदा बचतकर्तालार्ई २० लाख रुपैयाँसम्म दिएको बताउँदै उनले यतिबेला शेयरधनीलाई अवस्था बुझ्न अनुरोधसमेत गरे ।

 

संरक्षक अधिकारीका अनुसार लाख भन्दा बढी कारोवार गर्ने व्यापारीलाई दैनिक ५० हजार दिएर नपुग्ने भएपनि केही दिनपछि अप्ठ्यारो हुनेछैन । 

 

‘जसले कुटो कोदाली गरेर, ज्याला मजदुरी गरेर बचत गर्नुुभएको छ, उहाँहरुले रकम नपाउने भन्ने हुँदैन’ अधिकारी भन्छन् ‘तर केही समयका लागि धैर्य गरिदिनुहोस् ।’

 

यता, यही विषयमा पोखरा महानगरपालिकाअन्तरगतको सहकारी शाखाले नजिकबाट अध्ययन गरिरहेको छ । 

 

शाखाका जिम्मेवारी पाएका प्रमुख भरतराज पौडेलले सूर्यदर्शन सहकारीलाई ‘समस्याग्रस्त’ सहकारीको सूचीमा राख्ने बताएका छन् । 

 

‘हामीलाई हप्ताअघि नै जानकारीमा आएको हो’ प्रमुख अधिकारी भन्छन् ‘बचतकर्ताले खाता बन्द गर्न आए सबै भुक्तानी दिनुपर्छ, तर सूर्यदर्शनमा त्यस्तो पाइएन ।’

 

उनका अनुसार सहकारीले लगानी गरेपछि उ सँग बचत छैन भने हाल १० प्रतिशत सञ्चिति रकम पनि छैन । अहिले नै कारवाहीको प्रक्रिया अघि बढाए हाल बाँडिरहेको १० हजार रुपैयाँ पनि बचतकर्ताले नपाउने भएपछि महानगरले कारवाही अघि बढाउन सकेको छैन । 

 

‘अब लिक्विडेसनमा लैजान पर्ने हुनसक्छ’ पौडेल भन्छन् ‘त्यतापट्टिबाट भएपनि शेयर सदस्यको रकम उठाउने काम हुनसक्छ ।’

 

जानकारीमा आए अनुसार सूर्यदर्शन सहकारी जिल्ला सहकारी संघ कास्कीमा आबद्ध छैन । 

पोखरा:   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् ।  विश्वासको मत प्रयोजनका लागि आज दिउँसो ३ बजे गण्डकी प्रदेशसभाको बैठक बस्दैछ । उक्त बैठकमा अधिकारीले विश्वासको...

थप पढ्नुहोस्

काठमाडौं:      जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै हुनुहुन्छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा...

थप पढ्नुहोस्

कञ्चनपुर:     कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले ...

थप पढ्नुहोस्