प्राज्ञिक विद्यार्थी परिषदको रक्तदानमा ३६ युनिट संकलन
कास्की | बैशाख २४, २०७९

उतर राई, पोखरा: प्राज्ञिक विद्यार्थी परिषद नेपाल पोखरा महानगर इकाई समितिद्वारा आयोजित रक्तदान कार्यक्रममा ३६ युुनिट संकलन भएको छ ।
‘रक्तदान जिवनदान, जिवनदान महादान’ भन्ने नारा सहित मजदुर तथा विद्यार्थी दिवसको अवसरमा विन्ध्यवासिनी मन्दिर परिषरमा आयोजना गरेको संयोजक एवम् प्राज्ञिक विद्यार्थी परिषद् पोखरा महानगरका अध्यक्ष रविमोहन बरालले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्राध्यापक हिमराज गिरीले परिषद्का उपाध्यक्ष दिपक रेग्मीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम शुुभारम्भ गरे ।
सो अवसरमा बोल्दै गिरीले परिषदको विभिन्न उल्लेखनीय कामहरुको प्रसंशा गर्दै शुभकामना व्यक्त गरे । परिषदले सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रममार्फत सकरात्मक सन्देश प्रवाह गरेको उनले धारणा राखेका थिए ।
सामाजिक व्यक्तित्व, विद्यार्थीहरु लगायत स्थानीयहरुको सहभागिता रहेको उक्त कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र गण्डकीको प्राविधिक सहयोग रहेको थियो । परिषदका अध्यक्ष रविमोहन बरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन दिप्सन गुरुङले गरेका थिए ।
पोखरा: नेपाल सरकार कानुन तथा संसदीय मन्त्रालयले मुलुकी अपराध संहियतालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदा प्रति नेपाली काँग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण भएको जनाएको छ । ...
तनहुँ: तनहुँको भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी परिवारको सम्पर्कमा आएका छन्। १५ वर्षीया अस्मिता तामाङ, १६ वर्षीया सम्झना सुनार र १५ वर्षीया सीता सुनार गत सोमबारदेखि...
म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु सेवाग्राही खोज्दै सहर पसेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिसलगायत सेवा...