बेगनास सिंचाई परियोजना कार्यलाई अघि सारिनेछ: पुन
कास्की | बैशाख २४, २०७९
पोखरा: वडा नम्बर ३२ मा नेकपा एमालेको तर्फबाट वडाअध्यक्षका उमेद्वार खुमबहादुर पुनले बेगनास सिंचाई परियोजना कार्यलाई अघि सार्ने बताएका छन् । उनले घरदैलो कार्यक्रममा मतदातामाझ वडाअध्यक्ष पदमा जितेको खण्डमा पहिलो प्रथामिकता सिंचाईलाई दिने बताएका हुन् ।
उनले ३२ वडामा रहेका सुकुम्वासी जनताको समस्या हल गर्ने बताए । ‘नेपाल सरकारले सुकुम्वासीलाई हेर्नुपर्छ ।’ उनले भने, ‘यहाँका जनताले मलाई विश्वास गरेर जिताउनुभयो भने सुकुम्वासीको समस्या समाधान गर्नेछु । उहाँहरुलाई लालपूर्जा दिलाउनेछु ।’ जनताले आफूप्रति निकै आस गरेको उनले बताए ।
जनताको प्रत्येक घरदैलोको बाटोमा ढलान गरिदिने उनले आश्वासन दिएका छन् ।
‘तल्लो गगनगौडादेखि राजाको चौतारा जाने बाटो बनाउनेछु । यो बाटो बैकल्पिक बाटो पनि हो । त्यसको स्तरोन्नतीमा लाग्नेछु ।’ उनले भने, ‘माथिल्लो गगनगौंडादेखि सातमुहाने जाने बाटो मरेको लास लान पनि नसक्ने अवस्था छ । त्यसको मुहार फेर्नेछु ।’ उनले विकास र पूर्वाधारलाई महत्व दिएर नमुना वडा बनाउने प्रतिबद्धता जनाएका छन् ।
उनले लामेआहाल, तल्लो गगनगौडामा हुने बाढी पहिरोबाट बर्षेनी हुने डुवान क्षेत्रलाई सुधार्ने बताए । लामेआहालमा बन्न लागेको क्षेत्रीय पोखरा बसपार्क निर्माण गर्नको लागि सहयोग गर्ने उनले बताए । उनले युवाका लागि खेलकुद मैदान बनाएर खेलाडी उत्पादन समेत गर्ने बताएका छन् । ‘एक गाउँ एक खेलकुद मैदान बनाउनेछौं ।’ उनले भने, ‘प्रत्येक वर्ष वडाको आयोजनामा खेलकुद प्रतियोगिता आयोजना गरिनेछ ।’ जेष्ठ नागरिकले पाउने बृद्धा भत्ता घरघरमा पुर्याउने उनले जनतामाझ घोषणा गरेका छन् ।
उनले कुनै पनि ठाउँ, नहेरी वडाको समान विकास गर्नको लागि ५ वर्षसम्म लागि पर्ने उनले बताए । ‘मैले जिते भने एमालेले मात्र जित्ने होइन सम्पूर्ण राजनीतिक पार्टीले जित्ने हो ।’ उनले भने, ‘अन्य पार्टीका साथीसँग सहकार्य गरेर वडा विकासमा लागि पर्नेछु ।’ ढोडबेंसी र मालेपाटनमा उखु खेती गर्ने किसानलाई व्यवसायिक बनाउनेमा पहल गर्ने बताए । ‘फेदी, ढोडवेंशी, मालेपाटन हुँदै राजाचौतारा जाने भत्केको बाटोलाई चुनाव जितेलगत्तै मर्मतको काम गर्नेछु ।’ उनले भने ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

