पाँच दलीय गठबन्धनको आमसभाको तयारी पुरा, क-कस्ले गर्नेछन् सम्बोधन ?
कास्की | बैशाख २४, २०७९

पोखरा: पाँच दलीय गठबन्धनले आईतबार पोखराको अमरसिंहचौरमा गर्ने बिशाल आमसभाको तयारी पुरा भएको छ । गठबन्धन प्रचारप्रसार समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन गरि आमसभाको तयारी पुरा भएको जानकारी दिएको हो ।
कार्यक्रममा बोल्दै प्रचारप्रसार समितिका संयोजक नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आमसभाका लागि पोखरा महानगरपालिकासँगै चारवटै गाँउपालिकाहरुमा पाचै दलका मतदाताहरु सहभागी गराउने गरि आह्वान गरिएको बताए । बरालले यस आमसभालाई व्यवस्थित, मर्यादित र ऐतिहासिक बनाउने तयारी भएको पनि बताए ।
आमसभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ समेतका नेता संगै पोखरा महानगरका मेयरका उमेदवार धनराज आचार्य र उपमेयरका उमेदवार कोपिला रानाभाट लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पाँच दलीय गठबन्धनका नेताहरुले पोखरा महानगरपालिका सहित कास्कीका बहुस्थानमा गठबन्धनका उमेद्वारहरुले विजय हासिल गर्ने दावी गरेका छन् । कास्कीमा पोखरा महानगरपालिकासँगै पाँचवटै स्थानिय तहका अधिकांस स्थानमा गठबन्धनका साझा उमेदवार रहेकाले पनि बहुमत स्थानमा आफुहरुको जित सुनिश्चित रहेको नेताहरुको दावी गरेका हुन् । केन्द्रकै परिपत्र अनुसार कास्कीमा गठबन्धन भित्रका दलहरु बिचमा साझेदारी गरिएको र केही स्थानमा मित्रवत प्रतिष्पर्धा गर्ने सहमति भएको समेत नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए ।
बरालका अनुसार पोखरा महानगरपालिकाका १६ वटा वडामा गठबन्धन गरिएको छ भने, बाँकी वडामा मित्रवत प्रतिष्पर्धा गर्ने सहमति भएको छ । ति वडाहरुमा पनि चुनावी तालमेलका विषयमा निरन्तर छलफल भैरहेको बरालले बताए । गठबन्धनलाई आगामी निर्वाचनमा समेत कायम राख्ने गरि दलहरुका बिचमा परामर्श गरिरहेको उनले बताए ।
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सामेल छन् । उनिहरुको तर्फबाट पोखर महानगरपालिकाको प्रमुख पदका लागि एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुख पदका लागि नेपाली कांग्रेसकी कोपिला रानाभाट चुनावी मैदानमा छिन् ।
गण्डकी: लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्...
पोखरा: होटल संघ नेपाल गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवाला समक्ष अपिल गरेको छ । खासगरी नेपालको सिमावर्ती तराई क्षेत्रबाट ए...
पोखरा: पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसन (लक्ष्मी ग्रुप) बिच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी भएको छ । बिह...