गण्डकी जुडो संघद्धारा १८ जना खेलाडीहरुलाई प्रोटिन र  हाइजिङका सामाग्रीहरु वितरण

पाेखरा | असोज ७, २०७९

गण्डकी जुडो संघद्धारा १८ जना खेलाडीहरुलाई प्रोटिन र  हाइजिङका सामाग्रीहरु वितरण

पोखरा :  गण्डकी जुडो संघले गण्डकी प्रदेशबाट छनौटमा पर्न सफल आफ्ना खेलाडीहरुलाई अति आवश्यक पर्ने प्रोटिनको साथै व्यक्तिगत हाइजिङका सामाग्रीहरु वितरण गरेको छ ।

 

प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको कार्यालयमा विहीबार एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्रीहरु वितरण गरेको हो ।

 

 विशेषगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिदै गर्दा संघले क्लोज क्याम्पमा रहेका १८ जना आफ्ना खेलाडीहरुलाई तालिमको दौरान आवश्यक पर्ने प्रोटिनको साथै पर्सनल हाइजिङका सामाग्रीहरु वितरण गरेको हो । 

 

प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका सदस्य सचिव तेज बहादुर गुरुङ्गको प्रमुख आतित्यथामा भएको सो कार्यक्रममा उहाँले आफ्नो विगतलाई स्मरण गर्दै ४० वर्ष अगाडी आफु पनि खेलाडीको रुपमा रहेको र कडा मेहेनेत, लगनशिल, अनुशासित, कर्मठ र संघर्षले गर्दा नै आज प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको सदस्य सचिव जस्तो संवेदनशिल, महत्वपूर्ण र जिम्मेवार पदमा रहेर कार्य सम्पादन गर्न सफल भएको बताउनुभएको छ ।

 

उहाँले २०४० सालमा पोखरामा भएको राष्ट्रिय प्रतियोगितामा आफु हण्डबलको टिम क्याप्टेनको रुपमा रहेर त्यस समय यस ठाउँलाई स्वर्ण पदक जिताउन सफल भएको पनि बताउनुभएको छ । 


प्रमुख अतिथि गुरुङ्गले खेलकुद जिवनको एउट अभिन्न अंग भएको बताउँदै विगतमा आफुले खेलकुदको क्षेत्रमा गरेको संघर्ष र परिश्रमको कारण नै आज विभिन्न खेलका खेलाडीहरुसंग बसेर खेलकुदको महत्वकोबारेमा जानकारी दिन पाउँदा अत्यन्त गर्व महशुस भएको जनाउनुभएको छ ।

 

 उहाँका अुनसार जुडो खेल आफैमा एउटा नेपालमा सम्भावना भएको खेल रहेको र यस खेललाई यस क्षेत्रमा जोडदारका साथ अगाडी बढाउन प्राविधिक रुपमा प्रशिक्षक रबि चौधरीले महत्वपूर्ण भूमिका निवार्ह गर्दै आउनुभएकोमा खुशी व्यक्त गर्नुभएको छ । 

 

गण्डकी जुडो संघले रुद्र नारायण मल्ल जस्तो व्यक्ति अध्यक्षको रुपमा पाउनुभनेको जुडो खेलाडीहरुको लागि अति राम्रो भएको बताउँदै उहाँको अध्यक्षतामा गठन भएका सम्पूर्ण पदाधिकारीहरु पनि यस खेल विकासका लागि संवेदनशिल भएर लागि परेको बेला–बेलामा देख्न र सुन्न पाउँदा धेरै खुशी लागेको जानकारी दिनुभएको छ । 

 

पछिल्लो समय विभिन्न खेलका संघ–संस्थाहरुमा सिनियर व्यक्तिहरुको उपस्थिति भएको जनाउँदै उहाँहरुको उपस्थिति प्रदेश खेलकुद परिषदकोे लागि एउटा गर्वको विषय भएको बताउनुभएको छ ।


 उहाँले कुनैपनि खेलको लागि संघ बलियो हुन जरुरी भएको स्पष्ट पार्दै यदि संघ बलियो भयो भने खेलका गतिविधिहरु चलायमान हुने भएकाले यसले खेल र खेलाडी दुवैको विकास हुने जानकारी दिनुभएको छ ।


 सो कार्यक्रममा बौल्दै प्रमुख अतिथि गुरुङ्गले गण्डकी जुडो संघले खेलाडीहरुको लागि गरेका कामहरु एक्दमै प्रशंसनीय भएको र यस खेल विकासका लागि उहाँले आफु प्रदेश खेलकुद परिषदको सदस्य सचिवको नाताको  साथै आफ्नो व्यत्तिगततर्फबाट गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

 

 त्यस्तै उहाँले आश्विन २८ देखि यस प्रदेशमा आयोजना हुन गईरहेको नवौं राष्ट्रिय खेलकुदको प्रतियोगितामा यस प्रदेशबाट छनौटमा पर्न सफल भएका खेलाडीहरुलाई सफलताका लागि शुभकामना पनि दिनुभएको छ । 
यस्तै कार्यक्रममा गण्डकी जुडो संघका अध्यक्ष रुद्र नारायण मल्लले केही समय अगाडी प्रदेश खेलकुद परिषदले आफ्ना खेलाडीहरुका लागि उपलब्ध गराएको डाइट अलि अप्रयाप्त भएको महशुस भएकाले संघका महासचिव निरज पन्तको समन्वयमा स्वास्थ्यको हिसाबले खेलाडीहरुलाई अति आवश्यक पर्ने प्रोटिनको साथै पर्सनल हाइजिङका सामाग्रीहरु वितरण गर्न पाउँदा खुशी लागेको बताउनुभएको छ । 

 

उहाँले संघका महासचिव पन्तले जुडो खेलाडीहरुका लागि भनेर करिब ३० हजार मूल्य बराबरको सामाग्रीहरु उपलब्ध गराउनुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको छ । 
 

पोखरा:  वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।    नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानला...

थप पढ्नुहोस्

काठमाडौं:   उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।   विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसह...

थप पढ्नुहोस्

काठमाडौं:  धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ ।   यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको...

थप पढ्नुहोस्