शिवशक्ति क्याम्पसको सञ्चालक समिति अध्यक्षमा टुवराज बास्तोला निर्वाचित
पाेखरा | असोज ४, २०७९
पोखरा । पोखरा महानगरपालिका वडा नं ११ स्थित शिवशक्ति क्याम्पसको क्याम्पस सञ्चालक समितिको अध्यक्षमा टुवराज बास्तोला निर्वाचित भएका छन् । समितिको ११ औं साधारणसभा तथा छैटौं अधिवेशनले बास्तोलालाई अध्यक्षमा निर्वाचित गरेको हो ।
बास्तोला फूलवारी क्लवका पूर्व अध्यक्ष, रोटरी क्लब अफ पोखराको पूर्वअध्यक्ष, जेसीज लगायतका संस्थामा रहेर काम गरेका छन् । उनी पोखरा–७, रत्नचोकस्थित रत्नज्योति बोर्डिङ स्कूलको प्राचार्य पनि हुन ।
समितिको सदस्यहरुमा दुर्गा जोजीजु र बुद्विसागर घिमिरे चयन भए । वडाध्यक्ष प्रेम कर्माचार्य, प्राचार्य दीपक बास्तोला र शिक्षक प्रतिनिधि दुई जना पदेन सदस्य रहनेछन् । २१ सदस्यीय हुने समितिमा १४ सदस्य पछि मनोनित गरिने छ ।
अध्यक्ष बास्तोलाले क्याम्पसको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

