कास्की ट्राफिकले भेट्यो पैसा, प्रमाणसहित लिन आउन अनुरोध

पाेखरा | असोज ३, २०७९

कास्की ट्राफिकले भेट्यो पैसा, प्रमाणसहित लिन आउन अनुरोध

पोखरा  :   जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पृथ्वीराजमार्गमा भेटिएको नगद रकम प्रमाण सहित दावी गर्न अनुरोध गरेको छ । 

 

भदौ २८ गते पृथ्वीराजमार्गको विजयपुर सडकखण्डमा केही नगद रकम फेला परेको भन्दै ट्राफिक कार्यालय कास्कीले प्रमाण सहित कार्यालयमा आउन आग्रह गरेको हो । 

 

कार्यालय प्रमुख प्रकाश दाहका अनुसार पृथ्वीराजमार्गको विजयपुर खण्डमा मोटरसाइकलमा सवार एक युवकले सडकमा झरेको नगद टिप्दै गरेको ट्राफिक प्रहरीले देखेपछि सोधपुछ गर्ने क्रममा सम्बन्धित व्यक्तिको नभएको खुलेको हो । 

 

भदौ २८ गते पोखरादेखि कोत्रे सडकमा भेटिएको रकम कसैले पनि हराएको भन्दै कुनै उजुरी नदिएकाले सोमबार ट्राफिक कार्यालय कास्कीले सुचना प्रकाशित गर्दै प्रमाणसहित आउन अनुरोध गरेको हो । 


 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्