नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडाैं | भदौ ३१, २०७९

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

 

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४ दशमलव १० अङ्कले ओरालो लागेर एक हजार नौ सय १० दशमलव  ३८ मा सीमित भएको छ ।

 

यस्तै, ठूल कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव २३ अङ्कले ओरालो लागेर तीन सय ७१ दशमलव ९० मा सीमित भएको छ । कूल दुई सय २० कम्पनीको २९ लाख १६ हजार दुई सय ७१ कित्ता शेयर रु ९० करोड ८१ लाख ८६ हजार चार सय ८८ मूल्यमा खरिद बिक्री भए ।

 

 नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । सो उपसमूहको शेयर मूल्य शून्य दशमलव शून्य एक अङ्कले उकालो लागेको छ । यस्तै, बैंकिङ छ दशमलव ८७, व्यापार छ दशमलव शून्य दुई, होटल तथा पर्यटन १९ दशमलव तीन, विकास बैंक ४४ दशमलव शून्य एक, जलविद्युत् २५ दशमलव २४, वित्त २२ दशमलव ४१, निर्जीवन बीमा २७ दशमलव ३५, उत्पादन ५५ दशमलव ८९, अन्य चार दशमलव शून्य छ, लघुवित्त ४३ दशमलव ८६, जीवन बीमा २२ दशमलव २६ र लगानी शून्य दशमलव ७६ अङ्कले ओरालो लाग्यो ।

    

शुक्रबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ४४ अर्ब ८८ करोड ३५ लाख ८५ हजार बराबर रहेको छ । कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु चार करोड २३ लाख ३२ हजार छ सय ७७ बराबरको कारोबार भयो ।

  

 यस्तै, हिमालयन डिस्टिलरी रु तीन करोड दुई लाख दुई हजार दुई सय ६८, नबिल बैंक रु तीन करोड ५५ हजार, नेपाल लाइफ इन्स्योरेन्स रु दुई करोड ८४ लाख ६९ हजार चार सय ८१ र अपि पावर कम्पनी रु दुई करोड ७५ लाख ७५ हजार चार सय दुई बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

    

नेप्सेका अनुसार नबिल ब्यालेन्स फण्ड दोस्रो सात दशमलव ८७, बुद्ध भूमि नेपाल हाइड्रोपावर छ, अप्पर हेवाखोला हाइड्रोपावर पाँच दशमलव ७५, लाइफ इन्स्योरेन्स कर्पोरेशन तीन दशमलव ९९ र हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले तीन दशमलव ५७ प्रतिशतले कमाएका छन् ।

  

 त्यस्तै, मिर्मिरे माइक्रोफाइनान्स पाँच दशमलव ५९, रिभल फल्स पावर पाँच दशमलव ३१, अप्पर सोलु हाइड्रोपावर पाँच दशमलव ३०, ग्रीन डेभलपमेन्ट बैंक चार दशमलव शून्य नौ र एनएमबी– ५० का लगानीकर्ताले तीन दशमलव ८७ प्रतिशतले गुमाएका छन् । 

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...

थप पढ्नुहोस्

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्