नगर क्षेत्रबाट कवाडी संकलन केन्द्र हटाउन पोखरा महानगरको उर्दी

पाेखरा | भदौ ३१, २०७९

नगर क्षेत्रबाट कवाडी संकलन केन्द्र हटाउन पोखरा महानगरको उर्दी

कास्की । कवाडी संकलन केन्द्रलाई शहरी क्षेत्रबाट बाहिर लैजान पाेखरा महानगरले ३५ दिने अल्टिमेटमसहित निर्देशन दिएको छ ।

 

पोखरा महानगरपालिकाका सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र जंग केसीद्वारा हस्ताक्षरित सूचना प्रकाशन गर्दै पोखरा शहर र मुख्य आवास क्षेत्रको कम्तिमा ५ सय मिटर दुरिभन्दा बाहिर सार्न निर्देशन दिएको हो ।

 

पोखरा महानगरपालिकाद्वारा जारी गरिएको सुचनामा भनिएको छ, ‘हाल समुदायमा डेंगु रोगको प्रकोप फैलदै गएको अवस्थामा महानगरपालिकाले रोकथाम तथा नियन्त्रणको लागि विभिन्न अभ्यासहरु गर्दै आएको छ । 

 

यसै सन्दर्भमा महानगरपालिकाको मुख्य आवस क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रहरुबाट यो रोग फैलन ठुलो मद्दत पुगिरहेकाले सो केन्द्रहरु कारकका रुपमा रहेको पाइएकाले मुख्य आवस क्षेत्रको कम्तिमा ५ सय मिटर दुरीभन्दा बाहिर स्थापना गर्न सम्बन्धित व्यवसाय संचालकहरुलाई हार्दिक अनुरोध छ । 

 

सुचनामा स्पष्ट पारिएको  छ, 'सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र मुख्य आवास क्षेत्रबाट उक्त व्यवसाय नहटाइएमा दुवैपक्ष (जग्गाधनि र व्यवसायी) लाई कानून अनुसार कारवाही हुने व्यहोरासमेत जानकारी गराइन्छ ।’

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्