नगर क्षेत्रबाट कवाडी संकलन केन्द्र हटाउन पोखरा महानगरको उर्दी

पाेखरा | भदौ ३१, २०७९

नगर क्षेत्रबाट कवाडी संकलन केन्द्र हटाउन पोखरा महानगरको उर्दी

कास्की । कवाडी संकलन केन्द्रलाई शहरी क्षेत्रबाट बाहिर लैजान पाेखरा महानगरले ३५ दिने अल्टिमेटमसहित निर्देशन दिएको छ ।

 

पोखरा महानगरपालिकाका सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र जंग केसीद्वारा हस्ताक्षरित सूचना प्रकाशन गर्दै पोखरा शहर र मुख्य आवास क्षेत्रको कम्तिमा ५ सय मिटर दुरिभन्दा बाहिर सार्न निर्देशन दिएको हो ।

 

पोखरा महानगरपालिकाद्वारा जारी गरिएको सुचनामा भनिएको छ, ‘हाल समुदायमा डेंगु रोगको प्रकोप फैलदै गएको अवस्थामा महानगरपालिकाले रोकथाम तथा नियन्त्रणको लागि विभिन्न अभ्यासहरु गर्दै आएको छ । 

 

यसै सन्दर्भमा महानगरपालिकाको मुख्य आवस क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रहरुबाट यो रोग फैलन ठुलो मद्दत पुगिरहेकाले सो केन्द्रहरु कारकका रुपमा रहेको पाइएकाले मुख्य आवस क्षेत्रको कम्तिमा ५ सय मिटर दुरीभन्दा बाहिर स्थापना गर्न सम्बन्धित व्यवसाय संचालकहरुलाई हार्दिक अनुरोध छ । 

 

सुचनामा स्पष्ट पारिएको  छ, 'सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र मुख्य आवास क्षेत्रबाट उक्त व्यवसाय नहटाइएमा दुवैपक्ष (जग्गाधनि र व्यवसायी) लाई कानून अनुसार कारवाही हुने व्यहोरासमेत जानकारी गराइन्छ ।’

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...

थप पढ्नुहोस्

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्