बगरमा पुरिएको अवस्थामा मोटरसाईकल फेला, अनुसन्धान गर्दै प्रहरी

काठमाडाैं | बैशाख २३, २०७९

बगरमा पुरिएको अवस्थामा मोटरसाईकल फेला, अनुसन्धान गर्दै प्रहरी तस्बिरः सशस्त्र प्रहरी बल, नुवाकाेट

नुवाकोटः नुवाकोटको लिखु गापास्थित सिन्दुरे खोलको बगरमा पुरिएको अवस्थामा सरकारी नम्बरप्लेटको मोटरसाइकल फेला परेको छ । 

 

सशस्त्र प्रहरी बलको १९ नम्बर गुल्मले उक्त मोटरसाइकल फेला पारेको हो । गुल्मका प्रहरी नायब निरीक्षक भाइमान राउतको टोलीले बगरमा मोटरसाइकलको ह्याण्डिल जस्तो वस्तु देखेर हिलो पन्छाई हेर्दा मोटरसाइकल फेला परेको जनाइएको छ । 

 

प्रदेश ३–०२–००१ ब २५५ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाईकल फेला परेपछि सशस्त्रले नेपाल प्रहरीलाई बुझाएको छ । 

 

हाल उक्त मोटरसाइकलबारे अनुसन्धान सुरु गरेको जिप्रका नुवाकोटले जनाएको छ । 

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबा...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिका १७ पावरहाउसस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु  भएको छ ।  पावरहाउसस्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका नागढुङ्गाक...

थप पढ्नुहोस्

पोखरा:    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्। आइतबार साँझ मुख्यमन्त्री अधिकारीले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत मात्र खसेको हो। अधिकारीले...

थप पढ्नुहोस्