बजेट नपाएपछि खेल सामग्री किन्न फेसबुकबाटै अपिल

पाेखरा | भदौ २८, २०७९

बजेट नपाएपछि खेल सामग्री किन्न फेसबुकबाटै अपिल

पोखरा : कास्की जिल्ला फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा माछापुच्छ्रे बैंकको क्युआरकोडको फोटो राखेर एउटा स्टाटस लेख्नुभयो ।

 

जसमा राष्ट्रिय खेलकुदका लागि प्रशिक्षण गरिरहेका खेलाडीलाई खेल सामग्री किन्न अहिलेसम्म सरकारी निकायबाट पैसा नपाएकाले आर्थिक सहयोगका लागि याचना गरिएको थियो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि फेन्सिङको खेलाडी छनोट गरेर प्रशिक्षण अहिले प्रशिक्षण सञ्चालन भइरहेको छ । 

 

शाहीले लेख्नुभएको छ, “नवौँ राष्ट्रिय खेल सुरु हुन धेरै दिन बाँकी छैन, प्रदेश खेलकुद परिषद् र मन्त्रालयबाट खेल सामग्रीको लागि पैसा आउला र भारतमा गएर खेल सामग्री किनेर ल्याई प्रतिस्पर्धामा खेलाडीलाई उतारौँला भनेर बस्ने हो भने हात लागे शून्य होलाजस्तो लागेर सामाजिक सञ्जालबाटै हात फैलाउन बाध्य भएँ ।” शाहीले सामाजिक सञ्जालमा यस्तो भनाइ राख्नु भएपछि त्यसमा तीव्र प्रतिक्रिया आइरहेको छ । धेरै खेलप्रेमीले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रको गौरवसँग जोडिएको प्रतियोगितामा खेलाडीलाई आवश्यक सामग्री उपलब्ध हुनुपर्ने आवाज छ । 

 

शाहीको जस्तै पीडा अन्य धेरै खेल सङ्घ र यसका पदाधिकारीको छ । प्रदेशस्तरीय छनोटबाट खेलाडी छनोट गरेर बसेका खेल सङ्घले खेलाडीलाई आधारभूत सुविधासमेत उपलब्ध गराउन सकेका छैनन् । गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिता आउन एक महिनाभन्दा कम समय बाँकी रहँदासमेत खेलाडीका लागि आधारभूत सुविधा र खेल सामग्री प्राप्त नभएपछि सामाजिक सञ्जालबाटै पीडा व्यक्त गरेको अध्यक्ष शाहीले बताउनुभयो । 

 

उहाँले भन्नुभयो, “प्रतियोगितामा भाग नलिउँ खेलाडीको वर्षौंको मिहिनेत खेर जाने, लिउँ न खेल सामग्री छ, न खेल पोसाक ।” प्रदेशका खेलाडीको हितको लागि जिल्ला अध्यक्षको नाताले आफूले कतै भनसुन गरेर हुन्छ भने किन नगर्ने भन्ने सोचेर सामाजिक सञ्जालबाट सहयोगको अपिल गरेको उहाँले बताउनुभयो । “खेलप्रेमी व्यक्ति वा संस्था जो कसैले कास्की जिल्ला फेन्सिङ सङ्घको खातामा सहयोग गर्न सक्नुहुनेछ । हिसाब पारदर्शी हुने वाचा गर्दछु, गण्डकी प्रदेशकै इज्जतको सवाल छ त्यसैले सबैमा विनम्र अनुरोध गरेँ ।” शाहीले भन्नुभयो ।

 

फेन्सिङको खेल सामग्री नेपालमा पाइँदैन । भारत वा चीनबाट ल्याउनुपर्ने हुन्छ तर अहिलेसम्म बजेटको उपलब्ध नभएको शाहीले गुनासो गर्नुभयो । सामाजिक सञ्जालमा अपिल गरेपछि सहयोग प्राप्त हुन थालेको छ । केही दिनमै शाही आफैँ खेल सामग्री नेपालरभारत सीमा रक्सौलसम्म जाने योजनामा हुनुहुन्छ । भारतीय कम्पनीसँग कुराकानी भइरहेको उहाँले जानकारी दिनुभयो ।

 

नवौैँमा खेल सामग्रीका लागि  फेन्सिङ सङ्घले  रु सात लाख बजेट माग गरेको छ । फेन्सिङका खेल सामग्री तरबार(सोड), इलेक्ट्रिक डिभाइस जडित ज्याकेट, पञ्जा, हेलमेट, चेस प्रोटेक्टरलगायतका सबै खेल सामग्री बाहिरबाट ल्याउनुपर्ने हुन्छ । एक जना खेलाडीका लागि रु ३० हजार बराबरको खेल सामग्री आवश्यक पर्दछ तर परिषद्बाट एकमुष्ट सबैलाई गरी रु ६० हजार मात्र उपलब्ध हुने जवाफ पाएपछि निरास बन्नुपरेको र सहयोगका हात फैलाउनुको विकल्प नभएको अध्यक्ष शाहीले गुनासो गर्नुभयो ।

 

उहाँले भन्नुभयो, “अभ्यासका लागि हलबाहेक अहिले हामीले सुविधाका नाममा केही पनि पाएका छैनौँ । खेलाडी खेल्दै गर्दा घाइते हुँदासमेत रङ्गशालाभित्र प्राथमिक उपचार नपाउने अवस्था छ, खेलाडीको सुविधा के हो अहिलेसम्म यकिन छैन भने आधारभूत सामग्री पनि पाइएन ।” प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले केही खेलका खेल सामग्री स्वदेशमा नपाइने र बाहिरबाट खरिद गर्नुपर्ने भएकाले यसमा सम्बन्धित खेल सङ्घको पनि अग्रसरता आवश्यक हुने बताउनुहुन्छ ।

 

राष्ट्रिय खेलकुदजस्ता महत्वपूर्ण प्रतियोगिता आउँदै छ भनेपछि सङ्घले पनि यसमा विशेष चासो र जागरुकता देखाउनुपर्ने उहाँको भनाइ छ । फेन्सिङका खेल सामग्री नपाएको बारेमा आफूहरूलाई जानकारी भए पनि स्वदेशमा नपाउने भएपछि तत्कालै उपलब्ध गराउन सम्भव नभएको गुरुङले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “कतिपय खेलको प्रकृति अलि जटिल हुन्छ, खेल सामग्री किन्न चाहे पनि नपाउने अवस्था छ । फेन्सिङमा पनि प्रदेशले लगानी गर्न नचाहेको होइन, दुईरतीन लाख बजेट दिन तयार छौँ तर तत्कालै खेल सामग्री पाउन सम्भव छैन, खरिद प्रक्रिया ऐनअनुसार जानुपर्दा ढिलाइ भएको हो ।” परिषद्ले सुरुआतमा जिल्ला छनोट, खेल सामग्री र छनोट प्रतियोगिताका लागि भनेर खेल सङ्घलाई रु एक करोड २० लाख बराबर बजेट उपलब्ध गराइएको सदस्य सचिवले बताउनुभयो । 

काठमाडौँ:   फिल्म ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको फिल्म पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको हो ।   आज शुक्र...

थप पढ्नुहोस्

पोखरा:   रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले  भोलि (शनिबार) आयोजना गर्ने २२ औं खुला रक्तदानको तयारी पुरा भएको छ ।   रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसवर्ष पनि “स्वास्थ्यका ला...

थप पढ्नुहोस्

कैलालीः   कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन् । कैलालीको लम्की(चुहा नगरपालिका३ का ३० वर्षीय लोकेन्द्र शाही गत सोमबार दिउँसो कर्णाली पुलबा...

थप पढ्नुहोस्