तामाङ विद्यार्थी घेदुङको अधिवेशनमा घेदुङ कास्कीको हस्तक्षेप
पाेखरा | भदौ २८, २०७९
पोखरा : नेपाल तामाङ घेदुङ विद्यार्थी कास्कीको जिल्ला अधिवेशनमा तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीले हस्तक्षेप गरेको छ ।
नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष मानबहादुर तामाङले फेसबुकमा र विद्यार्थी घेदुङ कास्कीका अध्यक्ष रेशम स्याङ्बो तामाङलाई फोनमार्फत अधिवेशन स्थगित गर्न दबाव दिदैं हस्तक्षेप गरिएको बताइएको छ । सो दबाबपछि विज्ञप्ति जारी गर्दै नेपाल तामाङ विद्यार्थी घेदुङ अधिवेशन स्थगित गरेको छ ।
विज्ञप्तीमा नेपाल तामाङ घेदुङको भातृ संगठन तामाङ विद्यार्थी घेदुङ कास्कीको आन्तरिक तयारी नपुगेको भन्दै अधिवेशन स्थगित गरिएको तामाङ विद्यार्थी घेदुङका अध्यक्ष रेशम स्याङ्बो तामाङद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
नेपाल तामाङ घेदुङ कास्कीको दबाबमा प्रकाशित विज्ञप्तीमा लेखिएको छ, ‘नेपाल तामाङ विद्यार्थी घेदुङ कास्की जिल्ला समन्वय समितिको मिति २०७९ श्रावण ८ गते बसेको बैठकले संघको विधान २०५० को परिच्छेद ७ दफा १९ (ग) अनुसार समन्वय समितिको जिल्ला अधिवेशन भाद्र २५ गते शनिबारका लागि निर्णय भएको र मिति २०७८ भदौ १८ गते नेपाल तामाङ घेदुङ पोखरा महानगरपालिका इकाई समितिको बैठकमा जिल्ला समन्वय समितिका अध्यक्ष श्री मानबहादुर तामाङसमेतको उपस्थितिमा उल्लेखित मितिमा गर्ने गराउने भनी निर्णय गरेको थियो ।’ सोही बमोजिम कार्यक्रमको तयारी भइसरको भएतापनि समन्वय समितिका अध्यक्षले भदौ २३ गते सामाजिक सञ्जालमार्फत अधिवेशन स्थगित भएको र विद्यार्थीका अध्यक्षलाई फोनमार्फत स्थगित गर्न दबाब दिइएको उल्लेख छ ।
प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार भाद्र २५ गतेको अधिवेशनको तयारी हुँदा हुंदै पनि नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिका अध्यक्ष मानबहादुर तामाङले भाद्र २३ गते दिउँसो २ः१२ को समयमा सामाजिक सञ्जाल फेसबुकमार्फत कार्यक्रमको तयारी नपुगेको हुँदा अर्काे सूचना नआएसम्मको लागि अधिवेशन स्थगित भएको भन्दै हस्तक्षेप गरेका थिए । तर उनी यसअघि बसेको बैठकमा भने उपस्थित भएको बताइएको छ ।
विद्यार्थी घेदुङ कास्कीका अनुसार जिल्ला समन्वय समितिका अध्यक्षले विद्यार्थी घेदुङलाई कुनै जानकारी नदिई अधिवेशन रोक्न हस्तक्षेप गरेको जनाएको छ । यतिमात्र नभएर जिल्ला समन्वय समितिका अध्यक्ष तामाङले विद्यार्थी घेदुङका अध्यक्षलाई अधिवेशन रोक्न फोन मार्फत दबावसमेत दिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तयारी नपुगेकाले अधिवेशन रोकिएका हो : जिल्ला अध्यक्ष मानबहादुर
तामाङ घेदुङ कास्कीका अध्यक्ष मानबहादुर तामाङले आन्तरिक तयारी र जिल्लासँग कुनै छलफल नगरी अधिवेशनको मिति तोकिएकाले स्थगित भएको बताए ।
‘तामाङ घेदुङ विद्यार्थी संघ भनेको हाम्रो भातृसंगठन हो तर हामीसँग कुनै छलफल नगरी आन्तरिक तयारी बिना नै जिल्ला अधिवेशनको मिति तोकिएकाले अधिवेशन रोकिएको हो ।’ उनले सुनगाभा न्यूजसँग भने ।
तामाङ घेदुङ विद्याथी कास्कीका इन्जार्ज सुन्दर तामाङले संगठन बलियो र चलायनमा बनाउन अधिवेशन रोकिएको जानकारी दिए । ‘जिल्लाको भुगोल र संरचना हेर्दा अधिवेशनको तयारी अपुग नै हो, उनले भने ‘संगठनलाई चलायनमान र बलियो बनाउन अधिवेशन रोकिएको हो ।’
भदौ २५ गते तोकिएको जिल्ला अधिवेशन कहिले गर्ने भनेर मिति अझै तोकिएको छैन ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ । आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि सुरु हुने भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन का...
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...

