भारतमा अध्ययनरत बेपत्ता नेपाली बिद्यार्थीको खोजी गरिदिन परिवारको आग्रह
काठमाडाैं | बैशाख २३, २०७९
रुकुम पश्चिम, अध्ययनको लागि भारतमा गएका एक नेपाली विद्यार्थी एक साता देखि हराईरहेकोले खोजी गरिदिन परिवारले अनुरोध गरेको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ का २६ वर्षीय गोपाल खड्का भारतमा वेपत्ता हुनुभएको हो ।
भारतको देहरादुनस्थित अल्पाईन इन्सिच्युट अफ मेनेजमेन्ट एण्ड टेक्नोलोजी कलेजमा बिएस्सी अध्ययन गरिरहेका खड्का गत शुक्रबार देखि हराउनुभएको उहाँका बुवा चिताराम खड्काले जानकारी दिनुभयो । परीक्षा सकेर नेपाल फर्कदै गर्दा खड्का वेपत्ता भएको उहाँले बताउनुभयो ।
गोपालको खोजी कार्यको लागि नेपाल सरकार मार्फत भारतीय राजदुतावास नयाँ दिल्लीलाई पत्राचार गरिएको छ । तर हालसम्म पत्ता लागेको छैन । कहि कतै भेटेमा वा गोपालको विषयमा जानकारी भएमा परिवार वा प्रहरीलाई खबर गरिदिनु हुन परिवारले आग्रह गरेको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

