नदीपुरमा भलिबल जारी, अर्चलबोट, लामाचौर, तनहुँ र एसियन सुज अन्तिम चारमा
पाेखरा | भदौ २४, २०७९

पोखरा: पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा पोखरा महानगरपालिका ३ नदीपुरमा जारी क्लबस्तरीय महिला भलिबलको अन्तिम चारमा अर्चलबोट क्लब, लामाचौर पुन समाज, हैदागा तनहुँ र एसियन सुज प्रवेश गरको छ ।
छन्त्याल समाजको खेल मैदानमा आज (शुक्रबार) भएको खेलमा अर्चलबोटले ठाडाखानीलाई २५–१२ र २५–१३ को सोझो सेटमा पराजित गरेको मुख्य रेफ्री राम पुनले जानकारी दिए ।
उनका अुनसार अर्काे खेलमा एसियन सुजले गुरुकुल स्कुललाई २५–४ र २५–१० को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्याै । शान्ता भलिबल प्रशिक्षण केन्द्रको अनुपस्थितिमा हैदागा तनहुँ वाकओभरमार्फत जीत्दै सेमिफाइनलको यात्रा तय गर्याे ।
शनिबार पहिलो सेमिफाइनल खेल हैदागा तनहुँ र एसियन सुजबीच हुनेछ भने अर्काे सेमिफाइनल खेल अर्चलबोट र लामाचौबीच हुने कार्यक्रम संयोजक मजोज खड्काले बताए ।
उनका अनुसार आज भएको पुरुषतर्फको पहिलो खेलमा माछापुच्छ्रै गाउँपालिकालाई जिएम समाज कावासोतीले २५–१३ र २५–१६ को सोझो सेटमा पराजित गर्याे ।
त्यसैगरि अर्काे खेलमा सशत्र प्रहरी बल मालेपाटनले आयोजक निलोलाई २८–२६ र २५ १८ को सोझो सेटमा हरायो ।
अन्तिम खेलमा छन्त्याल युवा क्लबलाई गलकोट क्लबले २८–२६, २५–१५ र २५–१५ को सेटमा हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको क्लबका सचिव नवीन छन्त्यालले बताए । उनका अुनसार शनिबार महिला तर्फको सेमिफाइनल खेल र पुरुष तर्फका २ प्रिक्वाटरखेलसँगै सेमिफाइनल खेल सञ्चालन गरिनेछ ।
महिला तथा पुरुषको फाइनल खेल आइतबार सम्पन्न गरिने आयोजकले जनाएको छ ।
पोखरा: इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रालिले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ। पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले रिबन काटेर ...
कञ्चनपुर: गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्...
कैलाली: गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, प...