नदीपुरमा क्लबस्तरीय पुरुष भलिबल जारी, शुक्रबारदेखि महिलाको खेल हुने
पाेखरा | भदौ २३, २०७९
पोखरा: पोखरा महानगरपालिका ३ स्थित नदीपुरमा जारी क्लबस्तरीय पुुरुष भलिबल प्रतियोगिता बिहिबार ६ खेल सम्पन्न भएका छन् ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (बिहिबार) भएको पहिलो खेलमा ठाटीको अनुपस्थितिमा ससत्र प्रहरी बल मालेपाटनले वाकओभरमार्फत विजयी बनेको क्लबका अध्यक्ष कुशल प्रसाद छन्त्यालले जानकारी दिए ।
उनका अनुसार दोस्रो खेलमा गलकोट बाग्लुङले गुरुकुल नयाँबजारलाई २५–१५ र २५–१६ को अंकसहित सोझा सेटमा पराजित गर्याे ।

तेस्रो खेलमा अन्नपूर्ण गाउँपालिकाले कास्की जिल्ला भलिबल प्रशिक्षण केन्द्रलाई २५–१७ र २५–२० को अंकसहित सोझा सेटमा हरायो ।
चौथो खेलमा माछापुच्छ्रे गाउँपालिका भलिबल संघले धवलागिरीलाई २५–२२ र २५–२१ को अंकसहित सोझा सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनायो ।
पाँचौ खेलमा मामा भान्जा टिमले हेडजा भलिबल क्लब तनहुँलाई २५–१८ र २५–१५ को अंकसहित सोझा सेटमा हरायो ।
त्यसैगरि अन्तिम खेलमा छन्त्याल युवा संघ कास्कीले भूपु गाइजलाई २५–२३, २४– २६ र २५–१७ को अंकसहित २–१ को सेटमा पराजित गरेको थियो ।
महिला तर्फ लामाचौर पुन समाज र प्रदेश प्रहरी तालिम केन्द्र पोखराबीच आज हुने भनिएको खेल अविरल वर्षाका कारण स्थगित भएको थियो । उक्त खेल शुक्रबार बिहानै ८ बजे सञ्चालन गरिने अध्यक्ष छन्त्यालले बताए ।
कार्यक्रम संयोजक मजोज खड्काका अनुसार आगामी २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव नवीन छन्त्यालले जानकारी दिए ।
उनका अनुसार शुक्रबार पनि प्रवेश शुल्क १ सय नै निर्धारण गरिएको छ ।
यसभन्दा अघिल्लो संस्करणको प्रतियोगिताबाट संकलित प्रवेश शुल्क मध्येबाट १ लाख मृगौला पीडितलाई सहयोग गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ २२ टिमको सहभागिता रहेको छ भने महिला तर्फ १० टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

