‘ऐनको अभावमा प्रशासनिक समस्या’
मोरङ | भदौ २२, २०७९
मोरङ । निजामती सेवा दिवस, २०७९ को अवसरमा आज यहाँ वृक्षरोपण गरिएको छ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन मोरङद्वारा आयोजित कार्यक्रमअन्तर्गत विराटनगरको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि रोडशेष चोकसम्म दुई सय २५ बिरुवा रोपण गरिएको हो ।
सो अवसरमा प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंहले निजामती सेवा ऐनको अभावमा प्रदेशमा कर्मचारी खटनपटनको समस्या देखिएको बताउनुभयो । उहाँले कर्मचारीको वृत्ति विकास र सेवाग्राहीले सुशासनको अनुभूति गर्न पाउने ऐनको अभावमा निजामती सेवामा अन्यौल मात्र होइन चुनौती पनि थपिएको बताउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निजामती सेवा ऐन जारी नहुँदा स्थानीय तह र प्रदेशमा पनि प्रशासनिक समस्या देखिएको उल्लेख गर्नुभयो ।

युनियन मोरङका अध्यक्ष फणिन्द्र अधिकारीले निजामती सेवामा देखिएको समस्यालाई समाधान गर्न सरकारले अध्यादेशबाट भए पनि ऐन ल्याउनुपर्ने सुझाव दिनुभयो । ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ नारा दिइएकहो दिवसको अवसरमा मङ्गलबार सरसफाइ, आज वृक्षरोपण र बिहीबार फलफूल वितरण कार्यक्रम रहेको कर्मचारी मिलन केन्द्रका अध्यक्ष टङ्क गौतमले जानकारी दिनुभयो ।
पोखरा । गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय...
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...

