‘ऐनको अभावमा प्रशासनिक समस्या’
मोरङ | भदौ २२, २०७९
मोरङ । निजामती सेवा दिवस, २०७९ को अवसरमा आज यहाँ वृक्षरोपण गरिएको छ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन मोरङद्वारा आयोजित कार्यक्रमअन्तर्गत विराटनगरको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि रोडशेष चोकसम्म दुई सय २५ बिरुवा रोपण गरिएको हो ।
सो अवसरमा प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंहले निजामती सेवा ऐनको अभावमा प्रदेशमा कर्मचारी खटनपटनको समस्या देखिएको बताउनुभयो । उहाँले कर्मचारीको वृत्ति विकास र सेवाग्राहीले सुशासनको अनुभूति गर्न पाउने ऐनको अभावमा निजामती सेवामा अन्यौल मात्र होइन चुनौती पनि थपिएको बताउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निजामती सेवा ऐन जारी नहुँदा स्थानीय तह र प्रदेशमा पनि प्रशासनिक समस्या देखिएको उल्लेख गर्नुभयो ।

युनियन मोरङका अध्यक्ष फणिन्द्र अधिकारीले निजामती सेवामा देखिएको समस्यालाई समाधान गर्न सरकारले अध्यादेशबाट भए पनि ऐन ल्याउनुपर्ने सुझाव दिनुभयो । ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ नारा दिइएकहो दिवसको अवसरमा मङ्गलबार सरसफाइ, आज वृक्षरोपण र बिहीबार फलफूल वितरण कार्यक्रम रहेको कर्मचारी मिलन केन्द्रका अध्यक्ष टङ्क गौतमले जानकारी दिनुभयो ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

