कास्की क्षेत्र नम्बर १ बाट राप्रपा केन्द्रीय उपाध्यक्ष हेमजंगसहित २३ जना सिफारिश

पाेखरा | भदौ २१, २०७९

कास्की क्षेत्र नम्बर १ बाट राप्रपा केन्द्रीय उपाध्यक्ष हेमजंगसहित २३ जना सिफारिश

पोखरा : आगामी मंसिर ४ गते हुन लागेको प्रतिनीधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि  कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा १३ र समानुपातिकमा १० जनाको नाम सिफारिश गरेको छ । 

 

पार्टीले गरेको सिफारिशको आधारमा प्रत्यक्षमा प्रतिनीधि सभातर्फ ५ जना, प्रदेशसभा क मा ५ र ख मा ३ जनाको नाम उल्लेख छ । त्यस्तै समानुपातिकतर्फ प्रतिनीधिसभामा २ जना र प्रदेशसभामा ८ जनाको नाम सिफारिश भएको राप्रपा कास्कीले बताएको छ ।

 

प्रत्यक्ष प्रतिनीधिसभातर्फ कास्की १ मा राप्रपाको तर्फबाट सिफारिश हुनेहरुमा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङसँगै देऊबहादुर गुरुङ, बाबुराम थापा, कृष्णप्रसाद रेग्मी र शालिकराम घिमिरे छन् । राप्रपा केन्द्रीय उपाध्यक्ष समेत रहेका हेमजंग लमजुंग स्थायी घर भएका नेता भएपनि कास्की १ बाट सिफारिश भएका हुन् । त्यस्तै प्रत्यक्ष तर्फ कास्की १ क मा सन्तोष घिमिरे, प्रकाश सापकोटा, हरिबहादुर घर्ती क्षेत्री, हरिप्रसाद धमला र रमेशराज पौडेलको नाम सिफारिश भएको छ । त्यस्तै प्रदेश ख मा सूर्यबहादुर गुरुङ, सन्दीप कुँवर र सचिन थापाको नाम सिफारिश भएको छ ।

 

त्यसैगरि समानुपातिकतर्फ प्रतिनीधिसभाका लागि कास्की १ बाट भीमसेन गुरुङ र बलराम तिवारीको नाम सिफारिश भएको छ । प्रदेशतर्फ भने राप्रपाका कास्की जिल्ला अध्यक्ष समेत रहेका नारायण गुरुङ , शहिद क्षेत्रबहादुर केसीकी धर्मपत्नी सुनिता केसी, अन्य नेताहरु विष्णुप्रसाद पोखरेल, नारायणप्रसाद सुवेदी, झविन्द्रराज आचार्य, अमृतबहादुर कार्की, गीता गुरुङ र लिलामोहन कुँईकेलको नाम सिफारिश भएर आएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।

 

राप्रपा कास्कीले बुधबार कास्की क्षेत्र नम्बर २ को उम्मदेवारहरुको नाम सिफारिश गर्ने तयारीमा रहेको जनाएको छ । 
 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्