साफ च्याम्पियनसिपमा नेपालको सुखद् सुरुवात, भुटान ४–० गोलअन्तरले पराजित
काठमाडाैं | भदौ २१, २०७९
काठमाडौँ : नेपालकी सावित्रा भण्डारी (साम्बा) र अनिता बस्नेतको गोलमा छैटौँ संस्करणको साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । नेपालले खेलको पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप तीन गोल थप्यो । नेपालकी चर्चित फरवार्ड खेलाडी सावित्राले खेलको पहिलो हाफको १२ औँ मिनेटमा एक गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाइन् । भुटानकी गोलरक्षक सङ्गीता मोनगेर गोलपोष्टबाट अघि बढ्दै बल क्यिर गर्न खोज्ने क्रममा नेपालकी अमिशा कार्कीले दिएको पासलाई सदुपयोग गर्दै सावित्राले गोल गरिन् । यसै खेलबाट राष्ट्रिय सिनियर टिममा अमिशाले डेब्यु गरेकी हुन् ।
यसैगरी खेलको ६८ औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरिन् । खेलको दोस्रो हाफको सुरुआती समयमा नै मैदान प्रवेश गरेकी रेखाकुमारी पौडेलको पासलाई सदुपयोग गर्दै सावित्राले वान भर्सेस वान टचमा गोल गरेकी हुन् ।
खेलको ७३ औँ मिनेटमा नेपालकी मिडफिल्डर अनिताले भुटानका दुई मिडफिल्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरिन् । खेलको ८५औँ मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० को सहज जित दिलाइन् । नेपालकी अनिता केसीको क्रस बललाई भुटानी गोलरक्षकले पञ्च गरेर बाहिर फालेको बललाई सदुपयोग गर्दै अनिताले गोल गरेकी हुन् ।
खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले खेलको पहिलो हाफमा वर्षाका कारण खेलाडीले सोचेअनुरुपको खेल प्रदर्शन गर्न नसकेकेको बताउनुभयो । उहाँले खेलको दोस्रो हाफमा भने खेलाडीले राम्रो खेलको बताउँदै भुटान राम्रो टोली भएको टिप्पणीसमेत गर्नुभयो ।
त्यसैगरी भुटानकी सहायक प्रशिक्षक टङ्कमाया घलेले नेपाल फिजिकली रुपमा स्ट्रोङ भएको कारणले पनि आफ्नो टोली पराजित हुन पुगेको बताउनुभयो । उहाँले अर्को खेलमा भने राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । नेपालले अब यही भदौ २७ गते समूह चरणको दोस्रो खेल श्रीलङ्कासँग खेल्नेछ ।
साफ च्याम्पियनसिपअन्तर्गत भोलि दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ बजे डिफेन्डिङ च्याम्पियन भारत र पाकिस्तानबीच हुनेछ । दोस्रो खेल बङ्गलादेश र माल्दिभ्सबीच हुनेछ । उक्त खेल ५ः३० बजे हुनेछ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भ...
झापा: पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...
पोखरा: तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

