पोखराका भूमिहीनहरूले अव महानगरको ढोकामा आएर जिन्दाबाद र मुर्दावाद भन्नु पर्दैन : प्रमुख आचार्य

पाेखरा | भदौ १६, २०७९

पोखराका भूमिहीनहरूले अव महानगरको ढोकामा आएर जिन्दाबाद र मुर्दावाद भन्नु पर्दैन : प्रमुख आचार्य

पोखरा महानगरपालिका वडा नं. ९ का २५१ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोख्रेलले संयुक्त रूपमा उनीहरूलाई निस्सा वितरण गर्नुभएको हो । 

 

निस्सा वितरण गर्दै प्रमुख आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले प्राप्त गरेको निस्सा लालपुर्जा पाउनु अगाडीको लालपुर्जा नै भएको बताउनुभयो । “यो सरकारी छाप लगाएको लालपुर्जा पाउनु अगाडीको लालपुर्जा नै हो, उहाँले भन्नुभयो, यो कागज नपाउनेले लालपुर्जा पाउदैन्, लालपुर्जा पाउनका लागि यो कागज नभई हुँदैन ।” उहाँले यसलाई लालपुर्जा जत्ति कै महत्त्व र सुरक्षाका साथ राख्न आग्रह गर्नुभयो । 

 

आफूहरू लालपुर्जा वितरणको प्रक्रियामा रहेको र छिट्टै वितरणको काम थालिने उहाँले बताउनुभयो । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरु हाल बसिरहेको स्थानमा कुनै समस्या नभए सोही स्थानमा, यदि त्यो स्थान उपयुक्त नभए अर्को उपयुक्त स्थानको खोजी गरी बसोबासको व्यवस्था गरिने उहाँले बताउनुभयो । “अव तपाँईहरु महानगरको ढोकामा आएर जिन्दाबाद र मुर्दावाद भन्नु पर्दैन, उहाँले भन्नुभयो, हामीले तपाँईहरुलाई खुसी नै बनाएर उचित व्यवस्था गछौँ ।” तर, सरकारले तोकेको समय सीमा भित्र सूचीकृत हुन नआएका र पछि दाबी विरोधको प्रक्रियामा झुटो ठहरिएका निवेदन उपर आवश्यक कारबाही हुने उहाँले बताउनुभयो ।

 

राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोख्रेलले कतिपयले यो निस्सा केही होइन भनेर भ्रम छर्न खोजेको भन्दै यसको महत्त्व माथि खेलबाड नगर्न सचेत गराउनुभयो । भोलि जग्गा प्राप्तिसम्मको अन्तिम प्रक्रियामा समेत यो निस्साको महत्त्वपूर्ण भूमिका रहने भएकाले यसलाई गर्वका साथ सुरक्षित राख्न उहाँले आग्रह गर्नुभयो । “यहाँ कसैलाई लाग्न सक्छ, यो निस्सा भनेको केही होइन, उहाँले भन्नुभयो, निस्सा भनेको महत्त्वपूर्ण छ, यो निस्सा भनेको तपाँईहरुले लगत फर्म भरेको प्रमाण हो । त्यति मात्र होइन यही निस्साको आधारमा तपाईँको जग्गाको नाप जाँच हुन्छ ।” जग्गाधनी पुर्जा प्राप्त गर्ने बेला पनि यही निस्सा आवश्यक पर्ने उहाँले बताउनुभयो । 

 

पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले वडामा रहेको भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै अगाडी बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो । वडावासीहरूको पीडामा आफूहरू साथमा रहेको उहाँले विश्वास दिलाउनुभयो । वडा नं. ९ मा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको सङ्ख्या ९११ रहेको छ । यसअघि महानगरको वडा नं. २५ र ३२ मा पनि निस्सा वितरण गरिसकिएको छ । 

काठमाडौं:    प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छ जनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ । जिल्ला प्रहरी पर...

थप पढ्नुहोस्

पोखरा:     गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारले उद्यमी महिलालाई आत्मनिर्भर बनाउन काम गर्ने बताउनुभएको छ ।  शनिबार पोखरामा सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा...

थप पढ्नुहोस्

काठमाडौं:    सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको ...

थप पढ्नुहोस्