लामाचौर कप: महिला तर्फ नेपाल पुलिस क्लबलाई उपाधि
पाेखरा | भदौ १६, २०७९
पोखरा । २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगत लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
फाइनलमा न्यु डायमण्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै साविक विजेता पुलिसले उपाधि सहित १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गरेको छ । उपविजेता न्यु डायमण्डले १ लाख १११ पायो । फाइनलमा पुलिसले २५–१५, २५–१४ र २५–८ ले जित आफ्नो पक्षमा पारेको हो । तेस्रो स्थानको लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशको टिमलाई सोझो सेटमा २५–१७, २५–१७ र २५–१५ मा हराउँदै तेस्रो स्थानको पुरस्कार ५० हजार १११ प्राप्त गरेको छ ।
प्रतियोगितामा नेपाल पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षक पुलिसकै रुपेश बिट घोषित हुँदै जनही ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।
यसैगरी, विधागततर्फकै अन्य पुरस्कारमा उत्कृष्ट सेटर न्यु डायमण्डकी प्रगती नाथ, उत्कृष्ट ब्लकर आर्मीकी सोफिया पुन, उत्कृष्ट सर्भर डायमण्डकी सलिना बुढा मगर, उत्कृष्ट स्पाइकर पुलिसकी कामना बिस्ट, उत्कृष्ट लिब्रो न्यु डायमण्डकी सलिना श्रेष्ठ घोषित भए । उनीहरुले ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।
यसैगरी बुधबार भएको पुरुषतर्फको राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबको टिमलाई ३–१ सेटमा हराउँदै जित आफ्नो पक्षमा पारेको हो । खेलमा २६–२४, २५–१९, १८–२५ र २५–१९ ले हराउँदै गण्डकी प्रदेशको टिमसँग भेट सुनिश्चित गरेको हो । बिहीबार पुरुषतर्फको फाइनल खेल बिहान १० बजे पुलिस र गण्डकीबीच खेल हुुने भएपनि वर्षाका कारण खेल हुुन नसकेको आयोजकले जानकारी दिएको छ ।
विजेताले १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गर्ने छन् । उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार दिइने छ ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...
पोखराः पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...

