वडा नं १७ का व्यवसायीको आवाज–“यसपालिको मत पवन प्यानललाई”

पाेखरा | भदौ १५, २०७९

वडा नं १७ का व्यवसायीको आवाज–“यसपालिको मत पवन प्यानललाई”


पोखरा । उनकै भाषामा, ८० पुग्न एक वर्ष वाकी, रहेकी गंगादेवी अधिकारीले आर्शिवाद दिदै भनिन् दुई पटक त मैले पनि भोट दिए तिमिलाई अहिले छोराको नाममा सारिदिएकी छु, तर पनि आर्शिवाद छ तिमी आउनै पर्छ । विहानको झुल्के घाम सँगै भोट माग्दै विरौटा चोकमा पुगेको पवन प्रजापतीको प्यानललाई अधिकारी वुलेट टे«डर्सकी संचालक अधिकारीले भनेको शव्द हो यो । उनले भनिन्–“वोलेर वाठो र दौडेर छिटो पुग्ने प्रयास नगर सवै व्यवसायलिाई सम्हालेर काम गर यति हसिलो मान्छेले केहि गर्छौ ।” 

 

गंगादेवी अधिकारीको आर्शिवादसँगै विरौटा मतदाताको घरदैलो गरेको प्रजापती टिमलाई अल्ली पर वडा कार्यालय नजिकै रहेको एस के व्रदर्शका संचालक किरण श्रेष्ठले मत दिने मात्रै होईन आफ्नै सामसुङ्ग व्राण्डको मोवाईलवाट १२ जनालाई फोन गरेर प्रजापती प्यानलाई भोट मागे । उनले भने–“हामी व्यवसायीहरु हाम्रो हितमा आवाज उठाउनेलाइ जिताउने हो । हामीलाई नेता होईन अभिभावक चाहिएको हो ।” विरौटाका एम के विल्डर्सका संचालक मुनाल रानाभाटलाई फोन गर्दै भने–“चिया खायौ ? पवन दाईहरु आउनु भएको छ एक छिन सँगै भोट माग्न हिडौं है ?” 

 

अल्ली पर छोरेपाटनको आरोलो नपुग्दै भेटिन्छ फेवा मिट अर्थात् चीकेन पोइन्ट , यसका संचालक सुर्य वरालले भोट दिने कुरा भन्दा पनि चिया नै खान अनुरोध गर्दै भने–“दाई चुनाव त तपाईले घरमै सुते पनि जित्नुहुन्छ तर पनि राम्रो काम गर्नुहोस् सवै व्यवसायीहरुको अनुभवी र योग्य अनि प्रक्रियागत रुपमा नेतृत्व हस्तान्रण होस् भन्ने चाहना रहेको पनि संचालक वरालको भनाई थियो । विरौटा एरियामा आफै भोट माग्दै वरालले अग्रिम शुभकामना सहित विदाई गरे । 


यी त केहि उधारहण मात्र हुन् चुनावी अभियानका, अधिकतम विरौटा तथा वडा नं १७ का उद्योगी व्यवसायीहरुको एउटै धारणा र यसपालिका भोट पवन प्रजापतिको प्यानललाइ  ।  

 

अध्यक्षका प्रत्यासी पवन कुमार प्रजापतीले मत माग्नु भन्दा पनि अव संघलाई कसरी लैजादा राम्रो होला भनेर अभिमत माग्न घरदैलो जरुरी रहेको धारणा राखे । उनले भने–“ चुनाव जित्न मत माग्न भन्दा पनि अव आउने अध्यक्षले कस्ता एजेण्डालाई कार्यन्वयनमा लैजानु पर्ला भन्ने विषयमा अभिमत लिन घरदैलो गरेका हौं ।” 

 

स्थानिय तह निर्वाचनमा वडा नं १७ का नेपाली काँग्रेसवाट वडा अध्यक्षका प्रत्यासी देवराज आचार्यले भने–“व्यवसायीको निर्वाचन भएका कारण मेरो मत काँग्रेस भए पनि सवै व्यवसायीहरुलाई समेटरे लैजाने प्यानललाई हुन्छ , यसमा पवन प्यानलको विकल्प देख्दिन ।” अन्नपुर्ण मेसिनरीका संचालक समेत रहेका आचार्यले व्यवसायीका मर्का वुझ्न सक्ने उम्मेदवारलाई भोट दिन समेत सवै सचेत व्यवसायीहरुलाई अनुरोध गरे । 

 

छोरेपाटन, विरौटा, एयरपोर्ट लगाएतका स्थानका ३५० व्यवसायीहरुको घर र पसलमा समेत अभिमत संकलनमा हिडेको टोलीले सवै खालका व्यवसाय, उमेर समुह र स्थानलाई समेटेर टिम निर्माण गरेको छ । 

 

नेकपा समाजवादीका नेता तथा मेयर धनराज आचार्यका भाई शिवराज आचार्यले सम्पुर्ण टिमलाई खादाले अग्रिम शुभकामना दिदै उनले भने–“म सँग भोट मागेर समय वर्वाद नगर्नुहोस्, अग्रिम वधाई तथा शुभकामना छ सम्पुर्ण टिमलाई ।” 

 

प्रजापती समुहमा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग हिरामणी पण्डित  उपाध्यक्ष वाणिज्यमा उत्तममान वुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्ष दिनेश चन्द्र वाँस्तोला, उपमहासचिव शोभा गौतम, सदस्यहरुमा प्रभा सुवेदी, बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोज कुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानाङ्ग रहेका छन्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्