गुल्मीका बिरामीलाई मगर संसार ग्रुपको आर्थिक सहयोग
पाेखरा | भदौ १४, २०७९
पोखरा : गुल्मीका बिरामीलाई मगर संसार ग्रुपले आर्थिक सहयोग हस्तातरण गरेको छ ।
मगर संसार ग्रुपले गुुल्मीका टि.बी. ( क्षयरोग)का बिरामी स्मृति पुलामी मगरलाई ७१ हजार ९ सय ६८ रुपैयाँ आर्थिक सहयोग हस्तातरण गरेको हो ।
रोजगारीको शिलशिलामा विभिन्न देश तथा स्वदेशमा रहेका नेपालीहरुबाट मगर संसार ग्रुपले सहयोग अभियान संचालन गरेर संकलन भएको रकम बिरामी मगरलाई हस्तातरण गरेको ग्रुपका अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिए ।
बिरामी मगरको अहिले काठमाडौँमा उपचार भइरहेको छ । गुल्मीको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङका ८ वर्षिय स्मृति पुलामीको उपचारमा आर्थिक अभाव भएपछि ग्रुपले सहयोग अभियान संचालन गरेको थियो । ग्रुपले उपचारमा आर्थिक अभाव भएकाहरुलाई सहयोग अभियानसँगै विभिन्न अनलाइन प्रतियोगिताहरुसमेत संचालन गर्दै आएको छ ।
कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्। शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...
पोखरा। कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...
चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

