आज कक्षा १२ को नतिजा सार्वजनिक नहुने

काठमाडाैं | भदौ १४, २०७९

आज कक्षा १२ को नतिजा सार्वजनिक नहुने

काठमाडौँ  :  राष्ट्रिय परीक्षा बोर्डले अबको केही दिनभित्र कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। केही प्राविधिक काम बाँकी रहेकाले परीक्षाफल प्रकाशित गर्न केही दिन लाग्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन्।

 

१५ भदौसम्म प्रकाशित गर्ने तयारी भए पनि केही दिन तलमाथि हुन सक्ने भन्दै उनले आज नतिजा सार्वजनिक नहुने स्पष्ट पारे। ‘टेक्निकल्ली हामीले १५ गतेभित्र गर्छौँ भनेका हौँ। एक–दुई दिन तलमाथि हुन सक्छ। तर, आज हुँदैन,’ उनले भने ।


यसअघि बोर्डका एक सदस्यले आज  साँझसम्म परीक्षाफल सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताएका थिए। तर, आज हरितालिका तिजका कारण बोर्डका महिला सदस्य बैठकमा उपस्थित हुन नसक्ने भएपछि आज परीक्षाफल प्रकाशित नगरिएको बुझिएको छ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्