अन्डर ग्राउण्डलाई पार्किङ बनाउन महानगरको ३५ दिने अल्टिमेटम

पाेखरा | भदौ १२, २०७९

अन्डर  ग्राउण्डलाई पार्किङ बनाउन महानगरको ३५ दिने अल्टिमेटम

 

पोखरा:  पोखरामा भूमिगत तला (अन्डर ग्राउण्ड) लाई पार्किङको रुपमा प्रयोगमा ल्याउन महानगरले ३५ दिने अल्टिमेटम दिएको छ ।

 

पोखरा महानगरपालिकाले महानगर भित्रका भूमिगत तलालाई पार्किङको रुपमा प्रयोगमा ल्याउन आज (आइतबार) ३५ दिने सूचना प्रकाशित गरेको हो । 

 

सुचनामा भनिएको छ, ‘पोखरा महानगरपालिका क्षेत्र भित्र पार्किङ प्रयोजनका लागि नक्शा स्वीकृत गरी निर्माण भएका भूमिगत तला सहितका भवनहरुको भूमिगत तलाई पार्किङमा प्रयोग नगरी अन्य प्रयोगमा ल्याउनु भएका घरधनीहरुलाई आजका मितिले ३५ दिन भित्र भूमिगत तलालाई खाली गरी पार्किङ रुपमा प्रयोगमा ल्याउनु हुन अनुरोध गरिन्छ । 

 

अन्यथा कानुन बमोजिम हुुने व्यहोरा जानकारी गराईन्छ ।’ नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तला पार्किङका रुपमा ल्याउन घरधनीलाई आग्रह गर्दै सुचना अनुरुप पार्किङमा प्रयोग नगरेमा कानुनी कारवाही गर्ने जनाएको छ ।

 

 


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्