संबृद्धि सहकारीमा भट्टराई

पाेखरा | भदौ १२, २०७९

संबृद्धि सहकारीमा भट्टराई

 

लेखनाथ । संबृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा २७ कास्कीको शनिवार सम्पन्न आठौं बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले सुमन भट्टराईको अध्यक्षतामा नयाँ संचालक समितिको चयन गरेको छ । 

 

समितिको उपाध्यक्षमा प्रमोद भण्डारी, सचिवमा नवराज तिवारी र कोषाध्यक्षमा रामजी पौडेल रहेका छन् । संचालक समितिको सदस्यमा खेमराज पौडेल, पवित्रा श्रेष्ठ, बीरेन्द्र बानिया, राजेश सुवाल र शोभा पण्डित क्षेत्री निर्वाचित भएका छन् । 

 

अधिवेशनले केशवराज पौडेललाई लेखासमितिको संयोजक र डिल्लीराम पौडेल र उत्तमदत्त बराललाई सदस्यमा निर्वाचित गरेको छ । 

 

यसअघि साधारण सभा एवं अधिवेशनको उद्घाटन गर्दै, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले सहकारीमा जम्मा भएको पूँजिलाई उद्यमशिलतामा लगानी गर्न सुझाव दिए । अध्यक्ष आत्रेयले सहकारीका शेयर सदस्यलाई लाभांस उनिहरुको कर्जा र निक्षेपमा सक्रियताको आधारमा दिईनु पर्नेमा जोड दिए । 

 

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले कृषिमा आधारित व्यवसायलाई प्रर्वद्धन गर्न आग्रह गरे । 

 

सहकारीका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी प्रसाद त्रिपाठी, देवराज पन्थि, नवराज सापकोटा, मानकुमारी पराजुली नवराज पौडेल लगायतले बोलेका थिए । 
साधारण सभाले अध्यक्ष सुमन भट्टराईको प्रतिवेदन, सचिव नवराज तिवारी र कोषाध्यक्ष रामजी पौडेलको प्रतिवेदन पारित गरेको थियो । 
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्