पोखरा महानगरः सेवामा एकद्वार, गुनासो सुन्न ‘हेलो मेयर’

पाेखरा | भदौ ११, २०७९

पोखरा महानगरः सेवामा एकद्वार, गुनासो सुन्न ‘हेलो मेयर’

 

तपाईं पोखरा महानगरपालिकामा सेवा लिन जाँदै हुनुहुन्छ ? महानगरमा काम छ भने अबदेखि तपाईंले विगतमा जस्तो हातमा फाइल बोकेर महानगरका कोठा/कोठा चहार्नुपर्ने छैन । पहिला जस्तो फाइल हराउने समस्या भोग्नुपर्ने पनि हुने छैन । त्यति मात्र होइन, आफ्नो कामको फाइल बुझाएपछि तपाईं आरामले कुर्सीमा बस्नुहुनेछ, महानगरका कर्मचारीले भित्रबाट काम सकिएपछि बसेकै ठाउँमा फिर्ता ल्याइदिनेछन् ।

 

महानगरप्रति केही गुनासा र समस्या छन् भने सिधै महानगरमा फोन गरेर जानकारी गराउन सक्नुहुनेछ । महानगरले तपाईंलाई ‘क्विक रेस्पोन्स’ गर्नेछ । भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले सेवा प्रवाहलाई सरल र सहज बनाउन आजदेखि एकद्वार प्रणाली काउन्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ । महानगरको काम झन्झटरहित बनाउन र सेवा प्रवाह सहज, छिटोछरितो, पारदर्शी र नागरिकमैत्री बनाउन एकद्वार काउन्टर सुरुआत गरिएको हो ।

 

सेवाग्राहीलाई महानगरमा फाइल लिएर शाखा र सम्बन्धित फाँटको प्रमुख खोज्दै हिँड्नुपर्ने बाध्यता अन्त्य गरेर महानगरले एकैथलोबाट सेवा दिन सुरु गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगरको प्रवेशद्वार बन्द गरेर सेवाग्राहीले बाहिरबाट सबै काम सकेर जाने गरी सेवा प्रवाहको व्यवस्था गरिएको छ । महानगरले त्यसका लागि विसं २०१३ मा निर्माण गरिएको भवनलाई अहिले स्तरोन्नति गरेर एकद्वार सेवा सञ्चालनमा ल्याएको हो । सेवाग्राहीलाई बाहिर बस्नका लागि प्रतिक्षालय र कुर्सी राखिएको छ ।

 

महानगरले नगरवासीलाई दिने सेवा सरल र झन्झटरहित बनाउने योजनाअनुसार काम सुरु भएको प्रमुख आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकामा सजिलोसँग काम होस् भनेर एकद्वार सेवा सुरुआत गरेका छौँ । वरिष्ठ अधिकृतले फाइल हेरेर कागजपत्र पुगे÷नपुगेको हेर्नुहुन्छ, अपुग भएमा थप गरेर ल्याउन भन्छौँ । फाइल दर्ता भएपछि कसकोमा गएको छ, त्यो रेकर्ड हुने व्यवस्था हुन्छ । अबदेखि महानगरमा फाइल हराउने भन्ने हुँदैन, कामको प्रक्रिया पूरा हुने वित्तिकै नाम बोलाएर कर्मचारीले बुझाउनुहुनेछ ।”

 

महानगरले सेवाग्राहीका कागजपत्र सम्बन्धित फाँट र भित्र लैजानका लागि हाल पाँच जना कर्मचारी खटाएको छ । उनीहरुले सेवाग्राहीले फाइल बुझाएपछि प्रक्रिया पूरा गरेर काम सम्पन्न गरेर फिर्ता गर्नेछन् । प्रमुख आचार्यले महानगरका शाखा र वडामा पनि एकद्वार प्रणाली लागू गरेर काममा सहजता प्रदान गरिने बताउनुभयो ।

 

महानगरले ‘हेलो मेयर’ हटलाइन नम्बर पनि सञ्चालनमा ल्याएको छ । टोल फ्रि नम्बर ११८१ मा निःशुल्क सम्पर्क गरी सेवाग्राहीले आफ्ना गुनासा, चासो र सरोकारका विषय टिपाउन सक्ने र सम्बन्धित शाखा र महाशाखाबाट तत्कालै रेस्पोन्स गरिने महानगरका प्रवक्ता मोतिराज तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार हटलाइन नम्बर अहिले बिहान ९ः३० बजेदेखि साँझ ५ः०० बजेसम्म सञ्चालन हुनेछ । आवश्यकताअनुसार समय थप गर्न सकिने  महानगरले जनाएको छ । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्