सङ्घीयता संस्थागत गर्न महत्वपूर्ण काम भएका छन् : मुख्यमन्त्री पोखरेल
मुस्ताङ | भदौ ११, २०७९
तस्बिर फाइल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयता संस्थागत गर्न गण्डकी प्रदेश सरकारले महत्वपूर्ण काम गरेको बताउनुभएको छ ।
मुस्ताङका जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा अन्य सङ्घ संस्थाका प्रमुखसँगको अन्तरक्रियामा उहाँले सङ्घीयतालाई संस्थागत बनाउन जगदेखि नै काम थालिएको र यसबीचमा पूर्वाधार मात्र नभएर सामाजिक क्षेत्रमा उल्लेखनीय काम भएको बताउनुभयो ।
काम गर्ने क्रममा भएका गल्ती कमजोरीलाई लिएर शासन व्यवस्था माथि नै प्रश्न उठाउने बेला नभएको उहाँले बताउनुभयो । सीमित साधनस्रोत र जनशक्तिकाबीच सडक, पुलसँगै उज्यालो प्रदेश कार्यक्रमदेखि ‘एक घर, एक धारा’ जस्ता नमूना काम गर्न सफल भइएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।
शासन व्यवस्थालाई सुदृढ पार्दै नागरिकका अपेक्षा पूरा गर्न आफूले बिना पूर्वाग्रह कार्य सम्पादन गर्दै आएको उहाँको भनाइ छ । गुनासो नआउने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिँदै मुख्यमन्त्री पोखरेलले कर्मचारीलाई सक्षम बनाउन प्रदेश प्रशिक्षण प्रतिष्ठानले काम गर्दै आएको बताउनुभयो । सङ्घ सरकारलाई कुरेर बस्दा ढिलाइ भएको भन्दै उहाँले प्रदेश निजामती कर्मचारी विधेयक र स्थानीय तह कर्मचारी विधेयक अध्यादेशबाट ल्याउन लागिएको जानकारी दिनुभयो । केन्द्रिकृत मानसिकता नै सङ्घीयता कार्यान्वयनको वाधक बनेको उहाँको भनाइ छ ।
कोरोला त्रिवेणी सडक प्रदेशकै लाइफ लाइन रहे पनि निर्माण व्यवसायीको लापरबाहीका कारण म्याग्दी र मुस्ताङ खण्डको काम अलपत्र परेकामा प्रदेश सरकारको ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । उत्तरतर्फको नाका सञ्चालनका लागि प्रदेशले सङ्घ सरकारलाई ध्यानाकर्षण गर्दै आइरहेको उहाँले बताउनुभयो । आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले प्रदेशले आफ्नो क्षमताअनुसार प्रहरीलाई स्रोतसाधन सम्पन्न गराउनका लागि प्रयत्नरत रहेको बताउनुभयो । विपद् व्यस्थापनका क्षेत्रमा प्रदेशले सक्दो काम गरेको बताउँदै उहाँले राहत तथा उद्धारका लागि जिल्ला प्रशासनसँग समन्वय भइरहेको बताउनुभयो ।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

