साइबर अपराधको विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ: गृहमन्त्री खाण
काठमाडाैं | भदौ १०, २०७९
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले साइबर अपराधको विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभएको छ । जनकल्याण सामाजिक केन्द्रले अयांश योग नेचर केयर अस्पतालको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘साइबर क्राइम प्रशिक्षण कार्यक्रम’मा उहाँले प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना पनि बढ्दै गएको भन्दै यस्ता घटनालाई कम गर्न विद्यालयका पाठ्यक्रममा साइबर अपराधसम्बन्धी विषयवस्तु समावेश गर्नुपर्ने बताउनुभएको हो ।
“सूचना प्रविधिलाई आपराधिक समूहले पनि दुरुपयोग गरिरहेको छ, यसलाई रोक्नका लागि सरकारले छुट्टै सेल निर्माण गरी काम गरिरहेको छ”, गृहमन्त्री खाणले भन्नुभयो ।उहाँले जनताको जीवनरक्षा गर्ने सरकारको मुख्य दायित्व भएको भएको र उनीहरुको जीवनरक्षाको सिलसिलामा कहिलेकाहीँ राष्ट्रका सामु ठूलो समस्या आउने गरेको उल्लेख गर्नुभयो । “तापक्रम वृद्धि, जनसङ्ख्या वृद्धि, भाइरसको उत्पत्तिले विश्वमा ठूलो चुनौती थपिँदै गएको छ”, गृहमन्त्री खाणले भन्नुभयो ।
कांग्रेसका नेता तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले कोरोना महामारीको समयमा जनताको रक्षाका लागि यस केन्द्रलगायत सामाजिक सङ्घसंस्थाले निर्वाह गरेको भूमिका प्रसंशनीय रहेको बताउनुभयो ।
उक्त केन्द्रका सल्लाहकार भरत ढकालले न्यून स्रोत र साधन भएर पनि आफूहरुले सक्दो सेवा पुर्याउँदै आएकोे जानकारी दिनुभयो। विसं २०७० मा स्थापना भएको सो केन्द्रले देशका विभिन्न भागमा तीन सयभन्दा बढी स्वास्थ्य शिविर, १७ पटक रक्तदान कार्यक्रम, दुई दर्जनभन्दा बढी उद्घोषण तथा विभिन्न किसिमका तालिम प्रदान गरिसकेको केन्द्रका अध्यक्ष विकासकुमार दासले उल्लेख गर्नुभयो ।कार्यक्रममा नेपाल प्रहरी साइबर ब्यूरोका प्रहरी नायब उपरीक्षक दिपेश जोशीले साइबर अपराधसम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

