माओवादी उम्मेदवारको एकै स्वर: 'व्यवस्था बदल्यौँ, अवस्था बदल्न माओवादीलाई भोट'
पोखरा–१८ मा पूर्व जनप्रतिनिधि र काँग्रेस नेता माओवादीमा प्रवेश
कास्की | बैशाख १८, २०७९
पोखरा: आगामी ३० गते हुने स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले कास्कीमा आफ्नो चुनावी प्रचार अभियानलाई तिव्र बनाएको छ । पोखरा महानगरपालिका तथा गाउँपालिकाका कतिपय वडामा एकल तथा कतिपयमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएको माओवादीले निर्वाचन प्रचार अभियानलाई व्यापक बनाएको हो ।
चुनावी अभियानको क्रममा माओवादी केन्द्रका उम्मेदवारहरुले माओवादीकै नेतृत्वमा एकात्मक शासन व्यवस्था अन्त्य भएर अहिलेको संघीयता र स्थानीय तयको निर्माण भएकाले जसको नीति यसकै नेतृत्व हुनुपर्नेमा जोड दिएका छन् ।
माओवादीको नेतृत्वमा व्यवस्था परिर्वत भएकाले आम नागरिकको अवस्थामा परिर्वतन गरेर समृद्धिका लागि माओवादीलाई भोट दिएर विजयी गराउन आग्रह गरेका हुन् । माओवादी केन्द्रले पोखराका आधाभन्दा बढी वडामा प्यानल सहित एकल उम्मेदवारी दिएको छ । त्यसैगरी मादी, अन्नपूर्ण, रुपा र माछापुच्छ«ेका अधिकांश वडामा पनि माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा छ ।
घरदैलो कार्यक्रमको अवसरमा माओवादी केन्द्रबाट पोखरा महानगरपालिका वडा नं १ को अध्यक्षका प्रत्यासी भानुभक्त अधिकारीले नीति र योजना बोकेको नेतृत्व भएमात्र स्थानीय तहले राम्रोसँग काम गर्न सक्ने धारणा राखे ।
माओवादीले जित्दा मात्र बृहत्तर पोखराको हित र जनताले सहज सेवा र सुविधा प्राप्त गर्ने उनले बताए । ‘माओवादीको नेतृत्वमा जुन परिर्वत अहिले देशमा भयो, अव यसलाई समृद्ध बनाएर जनताको अवस्था बदल्न पनि माओवादीकै नेतृत्व चाहिन्छ ’ उनले भने ।
उम्मेदवार सहितको घरदैलो सुरु
नेकपा(माओवादी केन्द्र)ले एकल उम्मेदवारी दिएको पोखरा–११ मा घरदैलो सुरु गरेको छ । वडाका फूलवारी क्षेत्रका कोलपाटन, सफामार्ग लगायतका क्षेत्रमा घरदैलो गर्दै माओवादीका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका छन् ।
सो वडामा माओवादीले एकल उम्मेदवारी दिएको छ । वडाध्यक्षमा चिन्तामणि खरेल र वडा सदस्यहरुमा विष्णुप्रसाद आचार्य, सुनिल लामिछाने, सरिता विक, उषा विश्वकर्मालाई उम्मेदवार छन् । यसैगरी पोखरा–१७ मा उम्मेदवार परिचय कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन कार्यालयले शनिबार उम्मेदवारलाई औपचारिक रुपमा चुनाव चिन्ह प्रदान गरेपछि माओवादी केन्द्रका उम्मेदवारहरुले चुनावी प्रचार प्रसार तथा परिचय कार्यक्रम सुरु गरेका हुन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङले परिर्वतन र प्राप्त उपलव्धीको रक्षाका लागि माओवादीका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । पार्टीका प्रदेश कमिटीका सदस्य एवं राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष गंगाप्रसाद पोखरेलले भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीका समस्या समाधान गरि छाडिने प्रतिवद्धता जनाए ।
सो वडामा माओवादीले ओमबहादुर पौडेललाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । यसैगरी सदस्यहरुमा उर्मिला कार्की, सुमित्रा दर्जी, शालिकराम देवकोटा र भुवानी प्रसाद भट्राई उम्मेदवार छन् । माओवादीले पोखराको वडा नं ९ मा पनि चुनावी प्रचार सुरु गरेको छ ।
वडाका विभिन्न टोलमा घरदैलो गर्दै माओवादीलाई विजयी गराउन जनतासँग आग्रह गरिएको वडाध्यक्षका उम्मेदबार बमबहादुर कार्कीले बताए । उनले भने,“अन्य दलले पटक पटक अवसर पाउँदा पनि पोखराको मुटुमा रहेको वडामा खासै परिर्वतन गरेनन् । त्यसैले यसपटक माओवादीलाई अवसर दिन आग्रह गर्दैै घरदैलो गरिरहेका छौँ ।”
पोखरा–१८ मा पूर्व जनप्रतिनिधि र काँग्रेस नेता माओवादीमा प्रवेश
पोखरा महानगरपालिका –१८ हरे डाडाँमा ४९ सालका स्थानिय जनप्रतिनिधि र काँग्रेसका वडा इकाइ समितिका अध्यक्ष माओवादीमा प्रवेश गरेका छन् ।
विसं २०४९ का जनप्रतिनीधी लक्ष्मी नेपाली माओवादीमा प्रवेश गर्दै माओवादीले मात्र दलित र उत्पीडित समुदायलाई न्याय दिने बताइन् । पोखरा १८ देउराली पाटनमा विकास निर्मार्णको काम नभएको गुनासो गदै उनले यस भन्दा अघिका वडा सरकारले जनताको लागि काम नगरेको बताइन ।

नेपाली काँग्रेस जनमैत्री टोल इकाइ सभापत गणेश तिमिल्सिना पनि माओवादीमा प्रवेश गर्दै आफु भ्रमबस अन्य पार्टीमा लागेको पश्चाताप गरे । आगामी दिनमा माओवादीमानै रहने भन्दै वडामा रहेका माओवादीका उम्मेदवारलाई विजयी गराउन वडावासीलाई आग्रह गरे ।
माओवादी केन्द्रकाबाट वडाध्यक्षका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले जनताको जीवनस्तर र अहिलेको अवस्था बदल्न माओवादीले जित्नैपर्ने बताउनुभयो । उहाँले पोखरा १८ को विकासको लागि माओवादी केन्द्रको विकल्प नरहेको बताउँदै माओवादी पार्टी मात्र नभइ जनताको साथी रहेको धारणा राखे । माओवादी सत्तामा जान भन्दा अघि दलितहरु हेपिनु परेको उनले सुनाए ।
पोखरा १८ माओवादी केन्द्र प्रचार प्रसार संयोजक टिकाराम तिमिल्सिनाले १५ जना माओवादीमा प्रवेश गरेको जानकारी दिए । पोखरा १८ का रामचन्द्र नेपाली, अमर नेपाली, शंकर नेपाली लगायत माओवादी प्रवेश गरेका हु्न ।
पोखरा १८ मा माओवादी केन्द्रबाट अध्यक्षमा तिमिल्सिना, खुल्ला सदस्यमा हुमबिर पुन र उमनाथ तिमिल्सिना, महिला सदस्यमा दुर्गा अधिकारी र दलित महिला सदस्यमा सहारा नेपालीले उम्मेदवारी दिएका छन् ।
चुनावी प्रचार अन्तर्गत आइतबार ज्यारजतीबाट सुरु भएको घरदैलो गोठादी, सिलङ्गाको बोट, शिव भङ्जाङ, वडा कार्यालय हरेडाडाँ, ढकालथर, पदेली हुँदै सौदाको चौतारमा पुगेर सभामा परिणत भएको थियो ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

