पोखरा १०: एमाले उम्मेदवारको घरदैलो अभियान तिव्र
जेष्ठ नागरिकसँग उम्मेदवारको भेटघाट
कास्की | बैशाख १८, २०७९
पोखरा: जेष्ठ नागरिक मिलन केन्द रामबजार पोखरा १० ले नेकपा एमाले पोखरा १० का उमेदवारहरु संग परिचयात्मक कार्यक्रम गरेको छ । नेकपा एमाले पोखरा १० का अध्यक्ष सहितका उमेदवारहरुले जेष्ठ नागरिकहरुबाट आशिर्वाद ग्रहण गरी परिचयात्मक कार्यक्रम सम्पन्न गरेको हो ।
सो अवसरमा बोल्दै वडा नम्बर १० का वरिष्ठ शिक्षाविद, खेलप्रेमी एवं समाजसेवी महेश गुरुङले नेकपा एमालेले वृद्धवृद्धाहरुलाई साथ दिने पार्टी भएको बताए । एमालेको सरकारकै पालामा बृद्धवृद्धाहरुलाई भत्ता दिन सुरु गरेकाले अहिले वृद्ध अवस्थाका आमा बुवाहरुले मासिक रुपमा वृद्धाभत्ता पाइरहेको उनको भनाइ रहेको थियो ।
जेष्ठ नागरिक मिलन केन्द रामबजार पोखरा १० का अध्यक्ष क्याप्टेन थमनसिंह थापा मगरले समाजसेवी पवित्रादेवी गुरुङलाई विजयी गराउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्न आग्रह गरे । पवित्रा गुरुङ आफैमा समाजसेवी र महिला मैत्री रहेकाले वडाको विकास गर्न सक्षम रहेको बताएका थिए ।
यसैगरि नेकपा एमाले पोखरा १० का वडा अध्यक्ष पदका उमेदवार पवित्रा देवी गुरुङले आफुले चुनाव जितेर जेष्ठ नागरिकमैत्री वडा बनाउने बताईन । अहिले जेष्ठ नागरिकहरुले वृद्धा भत्ता लिनका लागि बैंकमा धाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्यसलाई हटाएर अब वडाले घरघरमा वृद्धाभत्ता पु¥याउने प्रतिवद्धता जनाईन ।
सो अवसरमा प्रदेश कमिटी सदस्य हिमालय बख्रेल लगायतले आ आफ्नो धारणा राखेका थिए भने राम बजार माछापुच्छ«े महिला समुहका अध्यक्ष माया गुरुङ भुजेल, राम मन्दिर सञ्चालक समितिका अध्यक्ष जीवन श्रेष्ठ, दौतरी गु्रपका संयोजक मनोज गुरुङ लगायतले उमेदवारहरुलाई जितको लागि शुभकामना दिएका थिए ।
घरदैलो अभियान तिव्र
यसैबिच नेकपा एमाले पोखरा १० ले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । वडा नम्बर १० लाई एमालेको लालकिल्ला बनाउने उद्देश्य सहित घरदैलो कार्यक्रमलाई तीब्र पारिएको पोखरा १० वडा कमिटीका संयोजक तथा निर्वाचन परिचालन कमिटीका संयोजक सूर्य बहादुर बाँनियाले जानकारी दिए ।
उनका अनुसार आइतबार नेकपा एमाले पोखरा १० को घरदैलो कार्यक्रम अन्तर्गत शान्तिपथ, शान्तिपथ लेन १, २, ३, प्यारामाउण्ट स्कुल एरिया, मेट्रोपोलिटन स्कुल एरिया, हस्पिटल मार्ग हुदै हस्पिटल चोक पश्चिम, मेडिकल लाइन क्षेत्रमा मतदाता कार्यक्रम सम्पन्न गरेको थियो ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

