अङ्कुरी महादेव मन्दिरमा साठी किलोको बसाहा

सप्तरी | भदौ ४, २०७९

अङ्कुरी महादेव मन्दिरमा साठी किलोको बसाहा

 

श्रद्धाको केन्द्रबिन्दु सप्तरीको महादेवा गाउँपालिकास्थित अङ्कुरी महादेव मन्दिर परिसरमा बसहा स्थापना गरिएको छ । मन्दिर परिसरमा आज थप ६० किलोको बसाहा राखिएको छ । यसअघि पनि परिसरमा बसाहा राखिएको थियो । 

 

तिलाठी कोइलाडी गाउँपालिका–६ का उपेन्द्र यादवले आमाको सङ्कल्प पूरा गर्न बसाहा स्थापना गर्नुभएको हो । मन्दिरमा यसअघि ३० किलो तामाको बसाहा स्थापना गरिएको थियो । अङ्कुरी महादेव मन्दिर राजविराज–हनुमाननगर सडकखण्डमा महादेवा गाउँपालिका-२ मा पर्छ । 

 

अङ्कुरी महादेवकै नामबाट महादेवा नामकरण गरिएको पुजारी बद्री गिरीले बताउनुभयो । अङ्कुरी महादेवामा हरेक वर्ष शिवरात्रि र अनन्त चतुर्दशीमा ठूलो मेला लाग्छ । 

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्