सिर्जना आवासीयका बहिरा विद्यार्थीलाई एनआइएमबीको पोशाक सहयोग
पाेखरा | चैत ८, २०८२
लेखनाथ: एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले लेखनाथ शाखा मार्फत बहिरा विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको हो ।
विद्यार्थीलाई पोशाक हस्तान्तरण गर्दै पोखरा महानगरपालिका २६ का अध्यक्ष नरेन्द्र थापाले वित्तिय संस्थाले सामाजिक उत्तरदायित्व मार्फत कम अवसर प्राप्त भएका नागरिकका लागि सहयोग गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष थापाले वित्तिय संस्थाहरुसँग सिसि क्यामेरा, सडक बत्ती र डिजिटल बैंकिङका क्षेत्रमा स्थानीय सरकारको तर्फबाट वडाले सहकार्य गर्न सक्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा एनआइएमबी बैंक लिमिटेड अर्घौ शाखाका प्रमुख प्रकाश सिग्देलले शिक्षाको क्षेत्रमा संस्थागत उत्तरदायित्व अन्तरगत विद्यार्थीलाई पोशाकमा सहयोग गरेको उल्लेख गरे ।
विद्यालय व्यवस्थपन समितिका निर्वतमान अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नंं २६ का वडासदस्य तिर्थबहादुर राजभाट, निमित्त प्रधानाध्याक राजेन्द्र शर्मा लगायतले बोलेका थिए ।
कार्यक्रमको संचालन विद्यालयका शिक्षक नवराज अधिकारीले गर्नु भएको थियो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

