एमालेका पृथ्वीसुब्बालाई हराउँदै लमजुङमा रास्वपाका धर्मराज विजयी
लमजुङ | फागुन २३, २०८२
लमजुङमा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसी विजयी हुनुभएको छ ।
शनिबार सम्पन्न मतगणनामा नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारको भन्दा दोब्बर मत ल्याउँदै केसी विजयी हुनुभएको हो ।
नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १७ हजार २२ मतान्तरले पछि पार्दै रास्वपाका केसीले जित निकाल्नुभएको हो ।
निर्वाचनमा खसेको कुल ७५ हजार ४६० मतमध्ये ३३ हजार ८९८ मत प्राप्त गर्दै केसीले प्रतिनिधि सभाको यात्रा तय गर्नुभएको हो ।
केसीले ३३ हजार ८९८ मत पाउँदा नेकपा (एमाले) का उम्मेदवार गुरुङले १६ हजार ८७६ मत र नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले १६ हजार ५९६ मत प्राप्त गर्नुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का हरि जङ्ग तामाङले ३ हजार ३७१ मत पाउनुभयो । देशभर रास्वपाको लहर चल्दा लमजुङमा बलियो सङ्गठन रहेका एमाले र कांग्रेसका उम्मेदवारहरूको संसद् यात्रामा ‘ब्रेक’ लाग्न पुगेको छ ।
२०७९ को निर्वाचनमा एमालेका पृथ्वीसुब्बा गुरुङले तत्कालीन नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनका साझा उम्मेदवार तथा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई पराजित गर्नुभएको थियो ।
पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९६९ मत ल्याउँदा देवप्रसाद गुरुङ ३१ हजार ७८१ मतमा सीमित हुनुभएको थियो । त्यतिबेला मतान्तर ३ हजार १८८ थियो ।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

