‘कास्की–१ मा सधैँ खट्ने, पहिलोपटक उठेका बैनबहादुर नै जिताउँछौँ’
पाेखरा | फागुन ९, २०८२
पोखरा: कास्की–१ मा नेकपा एमालेबाट उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले पोखरा महानगरपालिका–३० का मतदातासँग भेटघाट गरेका छन् ।
शुक्रबार दिनभर उनले शिशुवा, मोहरिया, खुदीलगायत ठाउँका मतदातासँग भेटघाट गरेका हुन् ।
उनी मतदाता भेट्न पुग्दा निकै सकारात्मक प्रतिक्रिया पाएका छन् ।
पोखरा–३० ढुंगेपाटनकी मतदाता इन्दिरा तिवारीले कुनै विवाद नरहेको र निरन्तर यही भूगोलको सेवामा खटिएकाले बैनबहादुरलाई नै मत दिने बताइन् ।
नयाँ पार्टीबाट कहिल्यै मान्छे नदेखेको, नाम पनि नसुनेको उम्मेद्वार आएकाले जिताउन नसकिने उनको भनाइ छ ।
जेन–जी पुस्ताले नयाँ उम्मेद्वार खोजेको र बैनबहादुर निर्विकल्प रहेको उनले जिकिर गरिन् । ‘जेन–जीले नयाँ–नयाँ भन्दै छन् । बैनबहादुर अधिकारी पहिलोपटक सांसद् लड्नुभएको छ । उहाँ फ्रेस उम्मेद्वार हो,’ तिवारीले थपिन्, ‘यहीँ खट्दै आएको मान्छेलाई नदिएर अरुलाई दिने भन्ने हुँदैन ।’
पोखरा–३० मा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेद्वार अधिकारीले लेखनाथ क्षेत्रका सडक, मादी र रुपामा बनेका सडक, पृथ्वी राजमार्गले नै एमालेले काम गरे÷नगरेको भन्ने देखाउने बताए । पोखरा रंगशाला पनि एमालेकै सक्रियतामा भव्य बनेको उनले दाबी गरे ।
सरकारी कार्यालयमा सेवा प्रवाहमा रहेको ढिलासुस्ती सुधार्न आवश्यक रहेको उनले बताए । ‘संविधान थिचोमिचो भएको छ र त्यसलाई ट्रयाकमा ल्याउनुपर्ने अहिलेको परिस्थिति हो । भ्रष्टाचार नियन्त्रणमा सामूहिक पहल गर्न अबको संसद्को भूमिका हुन्छ । म त्यसमा प्रतिबद्ध छु,’ उनले भने ।
अधिकारीसँग पोखरा–३० खुदीका मतदाताले खानेपानीको समस्या रहेको गुनासो गरेका थिए ।
उनले समस्या समाधानका लागि आफूले बुझ्ने र तत्काल सम्भव नभए निर्वाचन पनि पहल गर्ने बताए ।
अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार ...
पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चा...

