सुकुम्बासी समस्या समाधान गर्न प्रतिबद्ध छु: बैनबहादुर

पाेखरा | फागुन ६, २०८२

सुकुम्बासी समस्या समाधान गर्न प्रतिबद्ध छु: बैनबहादुर

पोखरा:    नेकपा एमालेबाट कास्की–१ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले अव्यवस्थित र सुकुम्बासीसम्बन्धी समस्या सधैंका लागि समाधान गर्न आफूले संसद्मा पुगेर पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 

 

पोखरा–३२ मा बुधबार आयोजित घरदैलोमा उनले वर्षौंदेखि भोगचलन गरेको जमिन आफ्नो नाममा हुन नसक्नु दुःखद भएको बताए ।

 

‘अझै पनि सेतो लालपुर्जा हुने, कतिको स्रेस्ता नबनेको अवस्था छ,’ उनले भने, ‘यसलाई समाधान गर्न संसद्मा स्पष्ट कानुन बनाएर यो सदाका लागि हल गर्नुपर्छ भन्ने कुरा ग्राउण्डमा काम गरेको, यस्ता वस्तीमा जाँदा मलाई जानकारी छ ।’

 

आफू विजयी भएपछि निर्वाचनमा गरेका प्रतिबद्धता क्रमशः पूरा गर्दै जाने उनले सुनाए ।

 

गगनगौंडा हुँदै मालमूल आउँदा खुदीखोलामा पुल बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।

 

पक्की र व्यवस्थित पुल बनाउन घोषणापत्रमा योजना समावेश गरिएको अधिकारीले सुनाए ।

 

आफूले निर्वाचन जित्ने र ढुक्क भएर सूर्य चिन्हमा मतदान गर्न उनले मतदातालाई आग्रह गरे ।  अधिकारीसहित एमालेको टोली बिहीबार पोखरा–३१ मा घरदैलोमा जाने तालिका छ । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्