टी-२० विश्वकपमा आज तीन खेल

काठमाडाैं | माघ २६, २०८२

टी-२० विश्वकपमा आज तीन खेल

आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ।

 

नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीबीचको खेल बिहान सवा ११ बजे सुरू हुनेछ।

 

स्कटल्याण्डको यो दोस्रो खेल हो। पहिलो खेलमा ऊ वेस्ट इण्डिजसँग पराजित भएको थिय। इटालीको भने यो पहिलो खेल हो।

 

दिउँसो सवा ३ बजे जिम्बावे र ओमान भिड्दैछन्। समूह 'बी' मा रहेको दुई देशले पहिलो खेल खेल्न लागेका हुन्। खेल श्रीलंकाको कोलम्बोस्थित एसएससी ग्राउन्डमा हुँदैछ।

 

समूह 'डी' बाटै दक्षण अफ्रिका र क्यानडाबीच खेल हुनेछ।​ अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा बेलुकी पौने ७ बजे खेल हुनेछ। यी दुई देशले पनि पहिलो खेल खेल्न लागेका हुन्।  

 

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।   पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...

थप पढ्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

थप पढ्नुहोस्

पोखरा:    कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ ।   स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...

थप पढ्नुहोस्