माझठानामा ४५ जनाले गरे रक्तदान
पाेखरा | माघ ११, २०८२
पोखरा: रक्तदाता केवल बजार क्षेत्रमा मात्र सिमित नभई ग्रामीण क्षेत्रमा पनि छन् भन्ने माझठानाको सौर्यमा आयोजित रक्तदान कार्यक्रमले उदाहरण दिएको छ ।
माझठाना पोखरा सम्पर्क समाज र नेपाल रेडक्रस सोसाईटी उपशाखा पोखरा २८ द्धारा संयुक्तरुपमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेर उदाहरणीय भूमिका निर्वाह गरेका हुन् ।
ग्रिन डेभलोमेन्ट वैकको सामाजिक उत्तरदायित्व अन्तर्गतको आर्थिक सहयोगमा पोखरा २८ सौर्यस्थित उपशाखाका कार्यालय भवनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पाँच जना नयाँ रक्तदाता थपिनुका साथै नौ जना महिलाको सहभागिता रहेको थियो ।
माझठाना पोखरा सम्पर्क समाजका अध्यक्ष सारदा लामिछानेले पहिलो रक्तदाता ग्रिन डेभलोपमेन्ट बैकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीलाई व्लडव्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्दै समाजको स्थापना दिनवको अवसरमा प्रत्येक बर्ष रक्तदान कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति रमा कोइरालले विभिन्न संघसंस्थाद्धारा आयोजना हुने नियमित रक्तदानले आकस्मिक उपचारमा रहेका विरामीको ज्यान जोगउन सफल भएको बताउनुभयो ।
कार्यक्रममा समाजकोतर्पmबाट डा.नरेन्द्र लामिछाने र ग्रिन डेभलोपमेण्ट बैकको जिम्मेवारी समाल्दै आउनु भएका हरिवहादुर वुढाथोकीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष सारदा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार दुर्गादत्त भुर्तेल,रत्नशोभा माध्यमिक विद्यालय भुतपूर्व विद्यार्थी एसोसिएसनका अध्यक्ष शुक्रराज शर्मा लगायतले रक्तदानको महत्व र आवश्यकताबारे चर्चा गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुनप्रसाद ज्ञवाली सहितको प्राविधिक टोलीले रक्तदान कार्यक्रममा सहयोग गरेको थियो । नेपाल रेडक्रस सोसाईटी माझठाना उपशाखाका सभापति राजेन्द्र तिवारीले स्वागत र कार्यक्रम संयोजक विनोद तिवारीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रम समाजका सचिव विष्णुहरि तिवारीले सञ्चालन गर्नुभएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

