घान्द्रुक पर्यटन महोत्सवका लागि च्यारिटी डिनर: ९ लाख बढी संकलन

महोत्सव फागुन ६देखि ९ गतेसम्म

पाेखरा | पुस २४, २०८२

घान्द्रुक पर्यटन महोत्सवका लागि च्यारिटी डिनर: ९ लाख बढी संकलन घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लबका कार्यसमिति पदाधिकारी तथा सदस्यहरु

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा आगामी फागुन ६देखि ९ गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिएको छ । 


घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब घान्द्रुकको संयुक्त आयोजनामा हुने महोत्सवको सन्दर्भको पोखरामा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिएको हो । 


घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा आयोजना गरिएको च्यारिटी डिनर कार्यक्रममा ९ लाख ६ हजार ६सय रुपैयाँ आार्थिक संकलन भएको रोधीं क्लब घान्द्रुकमा उपाध्यक्ष अमृत गुरुङले बताए । 


घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले फागुन ६ देखि ९ गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवमा खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको समेत आयोजना गरिएको बताए । 


रोधीं क्लब घान्द्रुकका अध्यक्ष लक्षिण गुरुङले च्यारिटी डिनर कार्यक्रमले आर्थिक संकलन मात्र नभएर विभिन्न स्थानबाट आएका आफन्त साथीहरुसँग छलफल तथा भलाकुुसारी गर्ने अवसर समेत प्राप्त भएको बताए । 


‘सबै मौसममा पर्यटन भन्ने नारासहित पोखरामा हामीले रोधी क्लब र घान्द्रुक पर्यटन व्यवस्थापन समितिसँगको सयुक्त आयोजना हुन लागेको घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा च्यारिटी डिनर कार्यक्रम आयोजना गरेका छौं, अध्यक्ष गुरुङले भने, च्यारिटी डिनरमा आर्थिक संकलन मात्र नभएर विभिन्न स्थान, शहरमा बस्दै आउनु भएका आफन्त साथीभाईहरुको भेटघाट गर्ने अवसर समेत हो ।’


उनले घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आयोजना गर्दै आएको महोत्सवलाई रोधी क्लब घान्द्रुकले समेत सहकार्य गर्दै महोत्सव सयुक्त रुपमा आयोजना गर्न लागेको स्पष्ट पारे । 


घान्द्रुक पर्यटन महोत्सवको अवसरमा पुरुष भलिबल प्रतियोगिता, पुरुष बास्केटबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता, रस्साकस्सी र छेलो प्रतियोगिता लगायत विविध सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको रोधीं क्लब घान्द्रुकका उपाध्यक्ष गुरुङले बताए । 


कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा एकैदिन २ हजार ५ सय बढी पर्यटक राख्न सक्ने क्षमताको ६० वटा होटल र ३० वटा होमस्टे रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिले जनाएको छ । 


पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा घान्द्रुक पुग्न सकिन्छ । घान्द्रुकबाट भैसीखर्क–टाडापानी वनठाटी–देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुक हुँदै टाडापानी–इसर–दोबाटो–मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ । यस्तै घान्द्रुक हुर्दै अन्नपूर्ण बेस क्याप समेत जान सकिन्छ । 


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्