एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: कसले कुन अवार्ड जिते ?

पाेखरा | पुस २३, २०८२

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: कसले कुन अवार्ड जिते ?

पोखरा: २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम पोखरामा सम्पन्न भएको छ । 


पोखरा सभागृहमा बुधबार भएको अवार्ड समारोहमा दीपेन्द्र पुरुषतर्फ र एरिका महिलातर्फ वर्ष खेलाडी घोषित भएका हुन् । दीपेन्द्रले पहिलो पटक अवार्ड जित्दा एरिकाले लगातार दोस्रोपटक यो अवार्ड जितिन् । उनीहरू दुवैले पल्सर बाइक प्राप्त गरे ।


यसअघि संगिना वैद्य, गंगा अधिकारी र सावित्रा भण्डारीपछि दुई पटक जित्ने एरिका समग्रमा चौथो खेलाडी हुन् । लगातार दोस्रोपटक भने एरिकाले मात्र जितेकी छन् ।


यस्तै भोटिङका आधारमा प्रदान गरिने पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी हिमाल सुनारीले प्राप्त गरे । उनले चार खेलाडीलाई भोटिङमा पछाडि पार्दै अवार्ड जितेका हुन् । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् ।


पिपल्स च्वाइस अवार्डको मनोनयनमा सुनारीसँगै क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा, उसु खेलाडी विजय सिन्जाली पनि परेका थिए ।


रेखा पौडेल भोटिङमा दोस्रो स्थानमा रहिन् । त्यस्तै पूजा महतो तेस्रो, विजयी सिन्जाली चौथो र इभाना थापा चौथो स्थानमा रहे ।


नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोले उत्कृष्ट युवा खेलाडीको अवार्ड प्राप्त गरिन् । त्यस्तै तेक्वान्दोमा ९ डान प्राप्त गर्ने तुलसी गुरुङलाई एनएसजेएफ स्पेशल अवार्डबाट सम्मानित गरियो । उनले पनि पल्सर बाइक प्राप्त गरिन् ।


पहिलोपटक भएको खो खो विश्वकपमा दुई ऐतिहासिक रजत पदक दिलाउने नेपालको महिला र पुरुष टिमलाई ‘टिम अफ दि इयर’ अवार्ड प्रदान गरियो ।


एथ्लेटिक्सकी प्रभा आङदेम्बेले उत्कृष्ट पारा एथ्लेटको अवार्ड प्राप्त गरिन् । पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षकको अवार्ड प्रदान गरियो । लामाले पनि पल्सर बाइक प्राप्त गरे ।


पूर्वखेलाडी खड्ग रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो ।


कार्यक्रमको अन्त्यमा सरप्राइजका रूपमा घोषणा गरिएको विशेष अवार्ड ‘ट्रेलब्लेजर अफ दि इयर’ पलेशा गोवर्धनले प्राप्त गरिन् ।


एनएसजेएफ स्पोर्ट्स अवार्ड पहिलोपटक काठमाडौंबाहिर आयोजना भएको हो । ‘यसपटक काठमाडौं बाहिर आयोजना गरेर नयाँ सुरुवात भएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्