सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु
मकवानपुर | पुस २०, २०८२
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा दुर्घटना भएको सुमो।
मकवानपुर: मकवानपुरमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
काठमाडौंबाट हेटौडा तर्फ जाँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो गाडी भीमफेदी गाउँपालिका-६ जुरीखेतस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडक खण्डमा आज साँझ दुर्घटना भएको हो।
सुमोमा सवार ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।
सुमो सडकबाट अन्दाजी सय मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।
सुमोमा सवार ९ जनालाई उद्धार गरी उपचारका लागि हेटौडातर्फ पठाएको जानकारी दिएको छ। तीमध्ये ७ जना गम्भीर घाइते र २ जना मध्यम घाइते रहेको प्रहरीले बताएको छ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

