केएफसीको २३ औं शाखा पोखरा चिप्लेढुङ्गाको सेलवेजमा
पाेखरा | पुस १०, २०८२
पोखरा: विश्वकै प्रसिद्ध फुड ब्रान्ड केएफसीले पोखरा चिप्लेढुङ्गामा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । केएफसी नेपालका लागि आधिकारिक फ्रेन्चाइज देवयानी इन्टरनेसनल नेपाल प्रालिले २३ औं आउटलेट पोखरा चिप्लेढुङ्गामा रहेको सेलवेजमा बिहीबार उद्घाटन गरेको छ ।
सेलवेज क्यास एण्ड क्यारी प्रालिका अध्यक्ष कृष्णदेव प्रधानाङ्ग र पोखरा वडा नम्बर ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले उद्घाटन गरे । यो सँगै पोखरामा केएफसीको दोस्रो आउटलेट खुलेको छ । नयाँ आउटलेट चिकेनप्रेमीका लागि आकर्षक गन्तव्य बन्ने कम्पनीको विश्वास छ ।
‘विश्वमा उत्कृष्ट चिकेन’ को पहिचान बनाएको केएफसी ग्राहकलाई हट एन्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्स, जिन्जर बर्गर र केएफसी बकेटजस्ता स्वादिष्ट परिकार पस्किदै आएको छ । पोखराका चिप्लेढुङ्गा शाखामा १४ जनाले रोजगारी पाएका छन् भने देश भर ४ सय भन्दा बढि जनाले रोजगारी पाएको देवयानी इन्टरनेसनल नेपालका प्रमुख वित्तीय अधिकृत (सीएफओ) ऋतुराज शाहले जानकारी दिए ।
उद्घाटनका अवसर पारेर शुक्रबार विशेष छुटको व्यवस्था गरेको छ । दैनिक बिहान ९ बजे देखि राति ९ बजेसम्म यो आउटलेट सञ्चालन हुनेछ । देवयानी इन्टरनेसनल नेपालका प्रमुख वित्तीय अधिकृत (सीएफओ) ऋतुराज शाहले सातदोबाटोमा खुलेको यो आउटलेट सेल्सबेरीसँगको सहकार्यमा खुलेको पहिलो भएको बताए ।
सन् २००९ मा नेपाल प्रवेश गरे कम्पनीले पोखराको लेकसाइडमा सन् २०१७ मा आउटलेट खोलेको थियो । कम्पनीले नेपालमा २०२५ डिसेम्बरसम्म देशभरि २५ आउटलेट पु¥याउने लक्ष्य लिएको शाहाले बताए । नयाँ शाखा सञ्चानलसंगै केएफसीले क्रिसमस र अंग्रेजी नयाँ बर्षको उपलक्ष्यमा केएफसी सेलिब्रेसन अफर ल्याएको उनले बताए । केएफसीले नियमित रूपमा विभिन्न अफर पनि ल्याउने गरेको उनको भनाई छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

