रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

पाेखरा | पुस १, २०८२

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

पोखरा: रुपा गाउँपालिकामा पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना भएको छ । रुपा गाउँपालिका ५ फेदीस्थित दोभान क्लबको आयोजनामा पालिकामा पहिलो पटक दोभान कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।


मंगलबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा विजि गाइजले जित हासिल गरेको छ । विजी गाइजले भिरचोक तमु समाजलाई २–० गोलअन्तरले हराउँदै पहिलो जित दर्ता गरेको छ ।


रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले पालिकाले खेलकुदको विकासका लागि हातेमालो गर्दै आइरहेको बताइन् ।


आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । यस प्रतियोगिताले पालिकाको सोचअनुसार खेलकुदको विकासमा टेवा पुगेको बताइन् । फुटबलसंगै अन्य खेलकुद प्रतियोगिताको आयोजना गर्न आवश्यक रहेको उनले सुनाइन् । कार्यक्रमलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको उनले सुनाइन् ।


वडा ५ का वडाध्यक्ष राजन खनालले क्लबले ऐतिहासिक प्रतियोगिताको आयोजना गरेको सुनाए । खेलकुद युवाको मेरुदण्डको रुपमा रहेको रुपा खेलकुदमा पहिचान थप्ने नयाँ आयाम थपिएको बताए । वडाको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले गाउँपालिकाकै युवाको नेतृत्वमा नविनतम कार्य गर्न आवश्यक रहेको सुनाए ।


रुपा ६ का वडाध्यक्ष नारायण गुरुङले क्लबले गुर्नपर्ने दायित्व र खेल्नुपर्ने भूमिका दोभान क्लबले पुरा गरेको सुनाए । उनले पहिलो पटक पालिकाभित्र फुटबल प्रतियोगिताको आयोजना गरेको सुनाए । खेलकुदले स्वास्थ्य र सद्भाव कायम गर्नुपर्ने भन्दै एक वडा एक खेल मैदानको अभियान चालेको बताए ।


खेल संयोजक सुनिल श्रेष्ठले पालिका गठन भएपश्चात पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना गरेको सुनाए । दोभान क्लब विभिन्न काल खण्डमा सामाजिक तथा खेलकुदका गतिविधि गर्दै आइरहेको र अब फुटबलमा समेत पालिकालाई अब्बल बनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।


रास्वपा रुपाका सभापति राजेन्द्र सुवेदीले खेलकुदले युवाहरुलाई जोड्ने बताउँदै क्लबले खेलकुदलाई प्राथमिकता दिदाँ खुसी लागेको बताए ।


दोभान क्लबका अध्यक्ष सुजन श्रेष्ठले रुपा गाउँपालिकामा फुटबल खेलको विकास र विस्तार गर्ने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरेको बताए । रुपामा भलिबलको पहिचान हुनेगरेपनि फुटबलमा पहिचान नभएको र पहिचान स्थापित गराउने मुख्य लक्ष्य रहेको उनले सुनाए । अब युवाहरु भलिबलमा मात्र नभइ फुटबलमा समेत आकर्षित हुने उनको विश्वास रहेको छ ।


२१ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता पुस ५ गतेसम्म सञ्चालन हुनेछ ।

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्

पोखरा:   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् ।  रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

थप पढ्नुहोस्

काठमाडौं:   विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ ।   अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

थप पढ्नुहोस्