पोखरा सडक महोत्सवमा हिट्स अफ नाईन्टिज गुञ्जिने
पाेखरा | पुस १, २०८२
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्जिने भएको छ ।
लेकसाईडको ३ किलोकिलोमिटर क्षेत्रमा हुने महोत्सवको मुख्य आकर्षणको रुपमा रहने लाईभ सांगीतिक कार्यक्रम पोखरा कोमागाने पार्कमा आयोजना हुनेछ । हिट्स अफ नाईन्टिज नाम दिइएको सो कार्यक्रममा ९० को दशकमा उदाएर स्थापित व्याण्डहरुको लाईभ प्रस्तुती रहने आयोजक अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । ‘यो सडक महोत्सवको मुख्य आकर्षण हो’–उनले भने ।
अंग्रेजी नया वर्षको स्वागतार्थ आयोजित ५ दिने महोत्सवको मूख्य दिन न्यू ईयर ईभ स्पेसल कार्यक्रम हुनेछ । जुन दिन एक्स नेपथ्य गुञ्जिने गुरुङले बताए । उनका अनुसार सो दिन एक्स नेपथ्यको ओरिजिनल भोकलिष्ट रविन श्रेष्ठ र गौतम गुरुङको विशेष प्रस्तुती रहनेछ । त्यस दिन अहिलेकी भाइरल डान्सर कार्टुन क्रुजकी आस्मा विश्वकर्माले माहोल तताउनेछिन् । उनले अहिलेको चिकिरीचिकिरीलगायतका गीतहरुमा प्रस्तुती दिने उनले जानकारी दिए ।
त्यस्तै, न्यू ईयर ईभकै दिन अहिलेका चर्चित गायक उज्जन शाक्य, डिमर्चा, लेकाली, देउराली र टुकी व्याण्डहरुले लाईभ प्रस्तुतीमार्फत ९० को दशकका हिटहिट गीतहरु गुञ्जाएर चिसो मौषममा स्टेज तताउनेछन् ।
सांगीतिक उत्सव अन्तर्गत पुस १५ गते गुरुङ समुदायको ल्होसार विशेष कार्यक्रम हुनेछ । उक्त दिन दिउँसोदेखि साँझ स्वप्न सुमन, केआर लिम्बु र चक्र व्याण्ड ब्लाष्ट हुनेछन् । तथा दिउँसो प्रिती आले, देउराली व्याण्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुती रहनेछ भने दीवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुती रहने उनले बताए ।
त्यस्तै, पुस १४ गते अन्तरविद्यालय खुल्ला नृत्य प्रतियोगिता हुनेछ भने दिउँसोदेखि साँझसम्म ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि बिजेता तथा उपबिजेताहरुको सांगीतिक प्रस्तुती रहने जनाइएको छ ।
अल टेक नेपालको आयोजनामा हुने हिट्स अफ नाईन्टिज कार्यक्रमको मुख्य प्रायोजकमा प्रोटोन गाडी रहेको छ भने राईड पार्टनरमा टिभिएस र एजुकेसन पार्टनरमा गण्डकी ईन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी रहेका छन् ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

