राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय गण्डकीलाई कम्प्युटर प्रदान
पाेखरा | मंसिर २६, २०८२
पोखरा: युनाईटेड क्लब पोखराले भदौ २४ गतेको जेन्जी आन्दोलनमा आगलागीबाट क्षति भएको राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय गण्डकी पोखरालाई कम्प्युटर हस्तान्तरण गरेको छ ।
क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत आगलागीबाट पूर्ण रुपमा क्षति भएका सरकारी कार्यालयहरुलाई सहयोग गर्ने क्रममा राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय गण्डकी प्रदेश पोखराको दैनिक कामकाजलाई सहज होस भन्ने उद्देश्यले एक थान कम्प्युटर प्रदान गरेको हो ।
युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, कोषाध्यक्ष जयराम आचार्य, कार्यसमिति सदस्य बुद्ध कार्की लगायतको टोलीले राष्ट्रिय अनुसन्धान कार्यालय पोखराका प्रमुख अनुसन्धान निर्देशक प्रजेश सिंह हमाललाई कम्प्युटर हस्तान्तरण गरेका हुन । सो अवसरमा जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय कास्कीका प्रमुख मोहन बहादुर कुँवर लगायतको उपस्थिती रहेको थियो ।
सो अवसरमा बोल्दै राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय गण्डकी पोखराका अनुसन्धान निर्देशक प्रजेश सिंह हमालले जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते आगलागी र तोडफोडबाट आफ्नो कार्यालय पूर्ण रुपमा क्षति भइ कामकारबाहीमा अफ्ठ्यारो परिरहेको बेला युनाईटेड क्लबले आफ्नो विपद ब्यवस्थापन कोष अन्तर्गत कार्यालयलाई अतिनै आवश्यक रहेको कम्प्युटर प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे ।
साथै आगामी पुषको २९ देखि माघको ११ गते सम्म आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवको पूर्ण सफलताको कामना गर्दै आफ्नो कार्यालयको तर्फबाट समेत महोत्सवलाई सभ्य बनाउनका लागि साथ र सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे ।
यस्तै युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन संगै पोखरामा खुल्ला चिडियाखना निर्माणमा पहलदकमी, सेती नदी संरक्षणमा काम गर्दै आइरहेको र तिहारको बेलामा देउसी भैलो कार्यक्रमको आयोजना गरि संकलित रकमबाट स्थापित विपद ब्यवस्थापन कोष अन्तर्गत राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय गण्डकीलाई आवश्यक पर्ने सामाग्री सहयोग गरेको बताए ।
विपद ब्यवस्थापन कोष अन्तर्गत यसपटक जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला सरकारी वकिलको कार्यालय कास्की, पोखरा महानगरपालिका वडा नं १२, १० र १५ लाई समेत कम्प्युटर हस्तान्तरण गरिएको उनले बताए । युनाईटेड क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत पूर्वको उदयपुर देखि पश्चिमको कैलाली सम्म विभिन्न विपदमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

