पाेखरामा दोस्रो बृहत् बालप्रतिभा पहिचान महोत्सव
बालबालिकाको प्रतिभा पहिचान गरी प्रेरित गर्न जरुरी: प्रदेश प्रमुख भट्ट
पाेखरा | मंसिर २५, २०८२
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाको सर्वाङ्गिण विकासका लागि ख्याल गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले सानै उमेरमा उनीहरुमा अन्तरनिहित प्रतिभाको पहिचान गरी प्रेरित गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
नेशनल प्याब्सन, कास्कीको आयोजनामा पोखरामा सञ्चालित दोस्रो बृहत् बालप्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै प्रदेश प्रमुख भट्टले महोत्सवले बालबालिकाको सर्वाङ्गिण विकासमा योगदान दिने अपेक्षा गर्नुभयो ।
‘आजको समय सिर्जनात्मकता, नवीनता र समस्या समाधान क्षमताले भरिएको छ । बाल प्रतिभाहरूलाई सही वातावरण, उत्प्रेरणा र प्रोत्साहन दिएर हुर्काउन सकियो भने उनीहरूले समाजमा अभूतपूर्व योगदान दिन सक्छन् ।’ उहाँले भन्नुभयो – ‘यसका लागि परिवार, विद्यालय र राष्ट्र तीनै तहबाट समानरूपमा सहयोग आवश्यक छ । बालबालिकाको विचार सुन्ने, उनीहरूको जिज्ञासालाई सम्मान गर्ने, गल्तीलाई सिकाइको अवसरका रूपमा लिन मद्दत गर्ने संस्कृति विकास गर्न जरुरी छ ।’
बालबालिकालाई आत्मविश्वासी, सिर्जनशील, जिम्मेवार र सकारात्मक व्यक्तित्वका रूपमा ढाल्ने आधार यस्तै प्रकारका कार्यक्रम रहेको बताउँदै उहाँले प्रतिभा पहिचान र प्रशंसा भएपछि बच्चाको मनोबल बढ्ने र उनीहरूमा सिक्ने चाहना प्रबल हुनुका साथै आफ्नो क्षमताप्रति आफै गर्व महसुस गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘हामी सबैले बालबालिकाको रुचि, क्षमता र कल्पनाशक्तिलाई पहिचान गरी तिनलाई सही दिशामा अगाडि बढाउन प्रेरित गर्नुपर्छ ।’ बालबालिकाको प्रतिभालाई बुझ्ने, मूल्यांकन गर्ने र प्रोत्साहन दिने वातावरण बनाउन अब ढिलाई गर्न नहुने बताउँदै उहाँले विद्यालयहरु बालबालिकाको सिर्जनशीलताको सहजीकरणमा बढी सजग हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।
बुधबारदेखि मंसिर २६ गतेसम्म पोखरा नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा सञ्चालन हुने महोत्सवमा एनप्याब्सन कास्कीमा आवद्ध ४३ विद्यालयका विद्यार्थीहरुबीच सामूहिक लोक नृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकलाअन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामाग्री र अंग्रेजी वक्तृत्वकला लगायतका कार्यक्रम हुँदैछन् ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

