माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
बाग्लुङ | मंसिर २२, २०८२
सांकेतिक तस्वीर
बागलुङ: बागलुङको ताराखोला गाउँपालिका–५ मराममा स्काभेटर चलाइ रहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा रोल्पाका १९ वर्षीय विशाल पुन मगर रहेका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
स्थानीय बलबहादुर रोका मगरको निजी घर निमार्णको लागि मरामगाउँमा ढुङ्गा निकाल्दा अचानक ढुङ्गा खस्दा सहचालक पुन मगरको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलजङ्ग थापाका अनुसार घटनास्थलमा प्रहरी पुगी मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि गलकोट नगर अस्पताल हरिचौरमा लगेको छ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

