१९ युनिट रगत संकलन
पाेखरा | मंसिर २१, २०८२
पोखरा: नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ को २४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेको छन् ।
रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सभापति उर्मीला खड्काले उद्घाटन गर्नुुभएको थियो ।
कार्यक्रमममा प्रमख अतिथि खड्काले रक्तदानको आँर्फैमा विशिष्ट महत्व भएको बताउँदै रक्तदान जीवनदान भएको बताउनुभयो ।
शाखाका सभापति विन्दुराज तिवारीले शाखाले समाजिक उत्तरदायित्वसँगै आफ्नो नियमित कार्यक्रम अन्तर्गत रक्तदान आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा परोपकार आमा समूह, गगन नेवाः खल, पूर्णद्विप पौडेल, घनश्याम खनाल, शिखर नेट, विष्णुुबहादुर बस्नेत, खेम गुरुङलगायतले विभिन्न किसिमका सहयोग गर्नुभएको थियो ।
शाखा सभापति विन्दुराज तिवारीको सभापतित्व एवम् सचिव विष्णुबहादुर बस्नेतले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत उपसभापति विमला थापा बस्नेतले गर्नुुभएको थियो भने रेडक्रसका सात सिद्धान्त वाचन सदस्य देवी तिवारीले गर्नुभएको थियो ।
कार्यक्रममा शाखाका निवर्तमान सभापति किसान परियार, रेडक्रस जिल्ला शाखा कास्कीका सदस्य एवम् वडा नं ३२ सहजकर्ता सुवास अधिकारी र वविता सुवेदी, शरणकुमार प्रधान, मोहनकुमार प्रधान, भरत थापा लगायतले रक्तदानको महत्व लगायतका विषयमा बोल्नुभएको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

