पोखरामा दाँई महोत्सव

पाेखरा | मंसिर १३, २०८२

पोखरामा दाँई महोत्सव

पोखरा:   पोखरा महानगरपालिका वडा नं.१९ चुरुङ्गामा तेस्रो संस्करणको दाँई महोत्सव गरिएको छ । परम्परागत कृषि प्रणालीमा आधारित दाँई कृषि उपज भित्र्याउने क्रममा परम्परागत ढङ्गले नै गोरुको सहायतामा पराल माड्ने कार्यलाई बुझिन्छ । 


मूल रूपमा धान झारी सकेपछि बाँकी रहेको धान समेत झार्ने र कुन्यू लगाइएको  पराल खलामा बिच्छ्याएर त्यसमाथि गोरुलाई लहरै दाम्लो वा डोरीले बाँधेर दाँईमा घुमाउने गरिन्छ । 


यसलाई कृषकहरूको उत्साह तथा मनोबल उच्च बनाउने उद्देश्य अनुरूप पोखरा महानगरपालिका समेतको सहकार्यमा महोत्सवका रूपमा मनाइएको हो ।

 

उक्त अवसरमा पोखरा महानगर क्षेत्रमा ५०० मुरी, १०० मुरी र ९८ मुरी धान उत्पादन गर्ने उत्कृष्ट कृषकहरूलाई नगर प्रमुख धनराज आचार्यले विशेष सम्मान प्रदान गर्नुभएको छ । यसले कृषकहरूलाई उत्पादन बढाउन, कृषिको व्यवसायीकरण, गोरु पालक कृषकहरूलाई प्रोत्साहन र उत्प्रेरणा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


पोखरा महानगरपालिकाले पोखराको पहिचानको रूपमा रहेको जेठोबुढो लगायत धानहरूको ब्राण्डीङ गरिरहेको छ भने, रैथाने जातका धानहरूको संरक्षणका लागि कृषकहरूलाई मल, बिउमा अनुदान दिदैँआइरहेको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो ।

 पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ ।   पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने...

थप पढ्नुहोस्

राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ ।         महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक...

थप पढ्नुहोस्

पोखरा ।   भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि रामघाट एफसी ग्रिन र मिक्की एफसी भिड्ने भएका छन् ।   ...

थप पढ्नुहोस्