आजदेखि १०० दरको नयाँ नोट चलनचल्तीमा, दृष्टिविहीनले छामेरै थाहा पाउने
काठमाडाैं | मंसिर ११, २०८२
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजदेखि एकसय रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ।
साविककै आकार तथा रंगमा एकसय रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आज सूचना जारी गरि एकसय दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जानकारी दिएको हो।
चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, नोटको मध्य भागमा नेपालको नक्सा रहेको छ।
त्यसैगरि नयाँ नोटमा तत्कालीन गर्भनर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ।
नयाँ नोट दृष्टिविहीन अनुकूलको रहेको छ। दृष्टिविहीनहरूले छामेरै थाहा पाउनेगरि नयाँ नोट डिजाइन गरिएको राष्ट्र बैंकले जनाएको छ।

पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

